आगामी साउन १ गतेदेखि जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने भएको छ ।
गृह मन्त्रालयमा बिहिबार भएको छलफलमा गृह प्रशासन सुधार योजनानुसार अब जिल्ला प्रशासन कार्यालयले तोकेको स्थानमा मात्र विरोध गर्नुपर्ने भएको हो । छलफलमा गृहमन्त्री रामबहादुर थापाले देशभर विरोध कार्यक्रमका लागि निश्चित स्थान तोकिएकाले सोही स्थानमा मात्र विरोध गर्नुपर्ने बताउनुभयो ।
‘मुलुकभर शान्ति सुरक्षा कायम गर्दै नागरिक स्वतन्त्रता र नागरिक अधिकारका लागि यो कदम चालेका हौँ’, उहाँले भन्नुभयो । उहाँले सुशासन कायम गरी अग्रगमनलाई सुव्यवस्थित बनाउनका लागि प्रदर्शनस्थल तोकिएको बताउनुभयो ।