सामुदायिक कुकुरको बन्ध्याकरण गरिँदै

तस्वीरहरुः गुड्डु जर्गर

नेपालगन्जको सहरी क्षेत्रमा रहेका कुकुरहरुको बन्ध्याकरण अभियान सुरु गरिएको छ । सामुदायिक कुकुरहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै एनिमल नेपाल र जिल्ला पशु सेवा कार्यालय बाँकेको सहकार्यमा नेपालगन्ज नगरमा एक हप्ते बन्ध्याकरण अभियान सुरु गरिएको छ । अभियान अन्र्तगत हालसम्म २ दर्जन बढि कुकुरहरुको बन्ध्याकरण गरिएको एनिमल नेपालकी रेखा श्रेष्ठले जानकारी दिइन ।

एनिमल नेपालको एउटा स्पेसल टोली सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्नकै लागी काठमाडौ एनिमल एम्बुलेन्ससहित नेपालगन्ज आएको छ । टोलीले नेपालगन्ज नगरभित्रका सय भन्दा बढि सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्य राखेको छ । नेपालगन्जमा सामुदायिक कुकुरको संख्यामा अत्याधिक बृद्धि हुदाँ विभिन्न दुर्घटना समेत निम्तीएको भन्दै बन्ध्याकरण शिविर सञ्चालन गरिएको सम्बद्धले बताएका छन्

प्रतिक्रिया

प्रतिक्रिया