मो. रफी
अघिल्लो वर्ष रमजान महिनाको माहोल र यस वर्ष २०७५ रमजान महिनाको माहोलमा बडो भिन्नता देख्न पाइएको छ ।
रमजानको महिना गत वर्ष पनि उही हो र यस वर्ष पनि उही हो तर फरक भने राजनीतिको हो । गत वर्ष कैयौ वर्ष पछि स्थानीय चुनवउ भएको थियो । प्रचार प्रसार तीब्रताको साथ भइरहँदा रमजान महिना मै परेको थियो ।
सबैलाई याद होला कि हरेक मस्जिदको अगाडी सबै राजनीतिक दलका उम्मेदवारहरु कम्तिमा पनि नमाजको निम्ती प्रयोग हुने टोपी लगाएर बडो आशाको साथ आ आफ्नो अपेक्षा र शालीनताका साथ उभिएका देखिन्थे । ती उम्मेदवारहरु कहिं हारिन्छ कि भन्ने आशंका र डरमा ठुला ठुला आश्वासन दिन पछि पर्दैनथे ।
आशाहरुका बरफको टुक्रा सरह दिएर मुल्यवान भोट मागेर फर्किने र साथ् साथै हरेक मुस्लिम टोल तथा मस्जिदमा इफ्तारको आयोजना गर्ने र गिरगिट जस्तो आफ्नो रंग फेर्ने बानी मध्यको एक रंग त्यो समयमा मुस्लिम समुदाय माझ दिएर जान्थे जसको फल स्वरूप भोटको सच्चा कसम बोकेर फर्कन्थे । हो आज फेरि तेही रमजानको महिना चलिरहेको छ, के तिनका रूहले यो भयावह गर्मीमा केहि नभएपनि कटौती भएको बिदा फिर्ता गरि पाउँ भन्ने जायज माग उठाएका छन् ।
ठुल ठुला कुरा मात्र गरेर यो पिछडिएको समुदायलाई अरु पछाडी पार्नु यस मानेमा कि शिक्षा, स्वास्थ जस्ता अति आवस्यक पहुँचबाट टाढा राख्ने तिनका रूहले अब डर मान्दैन र ! न भुल्नुस् कि रमजान त चलिरहेछ र यस समुदायसंग जोडिएर काम गर्ने यसै समुदायका मानिसहरु अबुझनै छन् । चुनावताका नेताहरुले बोलेका कुराहरु हाम्रो मन मस्तिस्कमा र मोबाइल, अनि विभिन्न सामाजिक सन्जालमा रेकर्डका रुपमा छ ।
याद छ मलाई मुस्लिम महिला युनिभर्सिटी बनाउने बाचाहरु । हो त्यसका लागि समय लाग्छ तर सुरुवात भयो त ? जग्गाको खोजीदेखि शिलान्यासका लागि ५ वर्ष कुर्नुपर्ने हो ? तपाई नसोंच्नुस् है, नेपालगन्जको मुस्लिम समुदायेले चाडै बिर्सिञ्छ होला । ‘कमरिया हिले लापालप लालिपोप लागेलु’ यो चर्चित बिहारी गीतको लालिपोप शब्द निकै उचित शब्द हो जुन मुस्लिम समुदायलाई राजनेताहरुले दिंदै आएका छन् अहिले सम्म । र, त्यो लालिपोप सजिलै दिनमा केहि तुच्छा अनपढ गँवार जाहिल जो आफ्नो पार्टीमा चम्चाको पदीय भारबाट माथि उठ्न न सकेका नेताहरुको कहिलेपनि समुदाएको विकास न चाहने नियतले हदै सम्म मद्दत गरेको गन्ध पुरै समुदायले महसुस गरेको छ ।
‘हमेतो अप्नोने लूटा गैरोमे कहाँ दम था, मेरी किस्ती थी डुबी वहा जहाँ पानी कम था’ यो एउटा फिल्मको तर यहाँ रिलमा मात्रै न भएर रियलमा अनुभूति पुरै मुस्लिम समुदायलाई भएको छ । यो पनि नभुल्नुस जब तपाईहरुको रूहले साथ छोड्छ त्यस बेला यस समुदायको नयाँ पढेलेखेको पुस्ताले कब्रिस्तान बाहेक अन्त कतै सम्झना गर्ने छैन । किनकी तपाईहरुले नयाँ पुस्तालाई के दिएर जानु हुन्छ भन्ने कुरा सबैलाई यकिन भैसकेको छ ।
तसर्थ रमजान, राजनीति र रूहको एक आपसमा रगतको रंग सरह माटोको शरिरमा घोलिएको जस्तो गाढा नाता हुन्छ । चलिरहेको रमजानमा माफी माग्नुस अल्लाहसंग किन भने समुदाय संग माफी माग्ने तपाईहरुको हैसियत छैन । अल्लाहले तपाईहरुलाई माफ गरुन् भन्ने कामना बाहेक हाम्रो समुदायले दिन सक्दैन यतिबेला ।