आगामी बैशाख ३ गतेबाट कोहलपुरमा आयोजना हुन लागेको नेपालगन्ज कप प्रतियोगिताका लागि बनाइएका टिमहरु मंगलबार नेपालगन्जमा बिक्री गरिएको छ ।
नेपालगन्जमा भएको अक्सनमा सबैभन्दा बढी २ लाख ४० हजारमा बाँके बलष्टर टिम बिक्री भएको छ । महेश क्षेत्रीकाे कप्तानीमा रहेकाे बाँके ब्लास्टर्स अन्नपुर्णले किनेको हो ।
बर्दिया टाइगर १ लाख ७० हजारमा बिक्री भयो ।
लुम्बिनी यात्रीलाई रु १५०,००० मा किन्याे जिशानले ।
दंगाली गाेर्खाज रु १३०,००० मा बिक्री, पाण्डा इभेन्ट्ले किन्याे ।
राेल्पा गुरिल्लाज १३०,००० मा बिक्री, मध्यपश्चिम क्रिकेट क्लबले किन्याे ।
पाल्पा याेद्धाज ११०,००० मा अाशिर्वाद पेन्ट्सले किन्याे ।