प्रेरणाका श्रोत हुन् जेष्ठ नागरिक

आज कैयौ बृद्ध आमा–बुवाहरु बुढेसकालमा सहजताको जीवन जीउन पाइरहेका छैनन । अहिलेका युवा पीढिको ब्यस्त र स्वछन्द जीवनशैलीका कारण सबै बृद्धबृद्धाहरुले उचित संरक्षण पाएको देखिदैन । काममा लागेका कतिपय युवापीढिले ब्यस्तता र आधुनिकताका नाममा बृद्धबृद्धालाई सम्मान र आदर गर्ने भन्दा पनि हेला र उपहासका पात्र बनाउने प्रबृत्तीका कारण कैयौ बृद्धाबृद्धाले अपमान र कष्टपुुर्ण जीवन जीउन बाध्य भइरहेका छन् ।
पछिल्लो समय आधुनिकताका नाममा ब्यक्तिहरुमा आत्मकेन्द्रित र स्वार्थीपना बढ्दै गएको छ । जसका कारण जन्म दिने आफ्नै आमा–बाबुलाई समेत हेला गर्ने, कुटपिट गर्ने र सम्पत्ति आफ्नो हात पारि घरैबाट निकाली दिने प्रबृत्ति पनि देखिएका छन् । केही निर्दयी छोराले छोरीले त सम्पत्तिकै लागी बृद्ध आमाबुवाको हत्या गर्ने सम्मका घटनाहरु घटाउने गरेका छन् । गत बर्ष जाजरकोटमा सम्पत्तिका लागि आफ्नै छोराले आमाको हत्या गरेको बारीमा गाडी दिएको घटनाले बृद्धबृद्धाहरु आफ्नै छोराछोरीबाट समेत सुरक्षित हुन नसकेको तथ्य बाहिर आएको छ ।
हामी दिन दिनै जसो समाचारमा सुन्ने गर्दछौ । बृद्धबृद्धालाई आफ्नै सन्तानद्वारा गाली गल्लौज गरेको, बुहारीद्वारा दुब्र्यवहार गरेको, खान लाउन नदिई घरबाट निकाला गरेको, सम्पत्तिका लागि आफ्नै बाबुको हत्या गरेको, मंजुरी बेगर जवरजस्ती आश्रम लगेर छाडेको लगायतका दुखान्तकारी घटनाहरु समाजमा प्रशस्तै भेटिन्छन् ।
बृद्धबृद्धाहरु घृणाका पात्र होइन प्रेरणाका श्रोत हुन् । उनीहरु अनुभवले खारिएका र ब्यवहारले परिपक्क भैसकेका इतिहासका खानी हुन । त्यस्ता ब्यक्तिहरुको ज्ञान, शिप र अनुभव मनन गरेर अगाडी बढेको खण्डमा तिनका सन्नतीले उन्नति, प्रगती र ब्यवसायिक सफलता प्राप्त गर्न सक्दछ ।

 

अहिले पनि जेष्ठ नागरिकहरु बिभिन्न बहानामा मारिने क्रम रोकिएको छैन । कतै बोक्सीको नाममा मारिएका छन् त कतै सम्पत्तिको लागि मारिनु परेको छ । अरुलाइृ दुख दिएको, परिवारमा करकर गरेको, बोझको रुपमा परिणत भएको आरोप जेष्ठ नागरिक माथी कतिपय आफ्नै छोरा छोरीले लगाउने गरेको पाइन्छ ।

 

शारीरिक, आर्थिक तथा सामाजिक हैसियत कमजोर हँुदै गएका कारण परिवार र समाजबाट बढी माया ममता स्याहार र सम्मान पाउनु पर्ने यहि अवधीमा तिरस्कार हेला र घृणाको पात्र बन्नु पर्दा कल्पना गरौ त कति रुन्छ होला ति बुद्ध बुद्धाको मन । पारिवारीक पीडा र तनाव त छदै छ । त्यस माथी एक्लै बस्नु पर्दा हुने असुरक्षाका कारण हुने लुटपाट, डकौतीका घटनाले समेत बृद्धबृद्धालाई झनै पिरोल्ने गर्दछ । त्यस माथी राम्ररी उभिन नसक्ने बेसाहारा ७०÷८० बर्षका बृद्धाहरु समेत बलत्कारको शिकार भएको घटनाले नेपाली समाजलाई नै लल्लीज तुल्याउने गरेको छ ।

 

घरपरिवारबाट उचित माया ममता नपाएका बृद्धबृद्धाको संरक्षणको लागि राज्यले बिभिन्न नीति नियम बनाए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । नेपालको संबिधान २०७२ को धारा ४१ मा जेष्ठ नागरिकको हक सम्बन्धि ब्यवस्था गरेको छ । जस अनुसार जेष्ठ नागरिकलाई राज्यबाट बिशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनिएको छ । संबिधानले यस्तो ब्यवस्था गरेको भएता पनि जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण प्रदान गर्न सकेको छैन । राज्यले दिने भनेका सेवा सुबिधा पनि जेष्ठ नागरिकले सहजै पाउन सकेका छैनन । मौलिक हकमै विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक भनेता पनि ति हक कार्यान्वयनको लागि आवश्यक पर्ने कानून र संयन्त्रहरु अझै निमार्ण भैसको छैन । सरकारले यातायातको साधनमा जेष्ठ नागरिकलाई छुट दिने भनेको छ तर सरकारले न आफैले यस्ता सरकारी साधनको ब्यवस्था मिलाई सुबिधान दिन सकेको छ न नीजि क्षेत्रका सवारी साधनलाई नै यस्तो सुबिधा दिन लगाउन बाध्य पार्न सकेको छ ।

 

अर्को तर्फ सरकारले जेष्ठ नागरिकको स्वास्थ्योपचारमा लागी नीति र कार्यक्रम ल्याएको भए पनि उमेर र रोग अनुसार बर्षमा निश्चित संख्यालाई दिने ब्यवस्थाले सबै जेष्ठ नागरिक यो सुबिधा प्राप्त गर्नबाट समेत बन्चित देखिन्छन् । बृद्धबृद्धलाई दिईने गरेको सामाजिक सुरक्षा भत्ता रकम पनि सरल सहज तरिकाले सबै बृद्ध बृद्धाले पाउन सकेका छैनन । कोही नागरिकता लगायतका कानूनी पहिचान बनाउन नसक्दा यो सुविधा पाउन बन्चित छन् भने कोही पाएर आफु खुसी खर्च गर्न नपाएको उहारणमा पनि हाम्रै समाजमा भेटिएका छन् ।

 
समाजमा रहेका विभिन्न बर्ग र समुदायका ब्यक्तिहरुको बारेमा अध्ययन गर्दा जेष्ठ नागरिकको अवस्था क्रमिक रुपमा खस्कदै गएको छ । सन्तान नभएका, आर्थिक अवस्था कमजोर भएका परिवारमा मात्र होईन घरभरि सन्तान भएका, सम्पन्न र सम्भ्रान्त परिवारका बृद्धबृद्धाले समेत अपहेलित हुने, छि छि र दुर दुर को पात्र बन्ने, कुटपिट लगायतका हिंसाको शिकार हुनु परेको छ । नयाँ संविधानको धारा ४३ मा ब्यवस्था गरिएको सामाजिक सुरक्षाको हक अन्तरगत आर्थिक रुपले विपन्न, अशक्त र असाहाय अवस्थामा रहेका, असाहाय एकल,महिला, अपाङता भएका, बालबालिका, आफ्नो हेरचाहा आफै गर्न नसक्ने तथा लोपोन्मुख जातीका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुने ब्यवस्था गरिएको भएतापनि उचित कानूनी ब्यवस्था त्यसलाई कार्यान्वयन गर्ने संरचनागत आधार नहुँदासम्म प्रत्येक नागरिकले यो सुविधा पाउन सक्ने देखिदैन ।

 
जेष्ठ नागरिकहरु परिवारका सदस्यहरु भएसम्म परिवारकै सदस्यसंग आत्मसम्मान र स्नेहका साथ बस्न पाउनु पर्दछ । जसले कति दुख गरेर खाई नलाई बालबच्चाका लागी भन्दै सम्पत्ति जोडे । तिनै सन्तानले जेष्ठ नागरिकको पालनपोषण गर्ने दायित्व रहन्छ । परिवारमा कोही नभएमा मात्र आफ्नै परिवारमा स्याहार सम्भार गर्ने कोही नभए वा आर्थिक रुपमा बिपन्न भएमा जेष्ठ नागरिकको संरक्षण गर्ने दायित्व राज्यले लिनु पर्दछ । तर नेपालमा जेष्ठ नागरिकका लागी सरकारी तवरबाट ठोस काम भएको पाइदैन ।

 

निजी तवरबाट केही बृद्धआश्रम संचालनमा आए पनि तिनमा सबैको पहुँच पुग्न सकेको छैन । सिमित सख्यामा सरकारी तवरमा खुलेका आश्रमले धान्न सक्ने कुरै भएन । जेष्ठ नागरिक संरक्षणका लागी निजी तवरमा बृद्धाश्रमहरु खुलेका भए पनि बिभिन्न कारणले सबै बिशुद्ध रुपमा सेवाभावले नै खुलेका हुन भन्न सकिने अवस्था छैन । कोही धर्मको प्रचार गर्ने त कोही नाफा कमाउने उदेश्यले पनि बृद्धाश्रम खोल्ने गरेका समाचारहरु बेला बेलामा सार्वजनिक हुने गरेका छन् । जिवनको उत्तराद्र्धमा आश्रय दिएको बहानामा त्यसको नाजायत फाईदा उजाउदै बृद्धबृद्धाको आत्मसम्मान ठेस पुग्ने गरि धर्म परिवर्तन गराउनु उनीहरु प्रति ठुलो अन्याय गर्नु हो । त्यस्तै बृद्धबृद्धाको नाममा आएको पैसाको सहि सदुपयोग नहुनु, उनीहरुलाई सो पिसको माध्याम बनाउनु पनि ठुलो अन्याय हो । यसो भएको हुनाले सरकारी तवरबाट नै सामाजिक सुरक्षा अन्तरगत जेष्ठ नागरिकलाई उचित संरक्षण र बसोवासको लागि सरकारले नै आवश्यकता अनुसार बृद्ध आश्रमको ब्यवस्था मिलाउनु पर्दछ ।

 
अन्तमा राष्ट्रिय तहमा जेष्ठ नागरिकका समस्या उपेक्षित छन् नै अन्र्तराष्ट्रिय स्तरमा समेत जेष्ठ नागरिकका मुद्दा उपेक्षाकृत उठ्न सकेका देखिदैन । अतः जेष्ठ नागरिकका हक अधिकार, सम्मान, सुरक्षा र सुबिधाका लागी आवश्यक नीति नियम बनाउन, बनाएका नीति नियमहरुको प्रभावकारी कार्यान्वयन हुन जरुरी छ । त्यो भन्दा पनि महत्वपुण पक्ष भनेको घर, परिवारले के कुरा बुझ्न जरुरी छ भने जसका कारण यो घर्तिमा टेक्न पाइयो । जसले हुर्कायो, बढायो, पढायो र यो अवस्थासम्म पु¥याउनमा सहयोग ग¥यो उसैलाई हेला होईन आदर सम्मान गर्नु पर्दछ । सबै चिज मागेर किनेर पाइएला तर आमा बुवा किनेर पाईने बस्तु होइन । यस्तो अमुल्य नाता, आफ्नै सृष्टिकर्ता जन्मदातालाई अपमान गर्नु भनेको आफ्नै बरवादीको सुरुवात गर्नु हो । पतनको बाटो रोज्नु हो । आफ्नै खुट्टामा बन्चरो हान्नु हो । यसले केही समय त सुख सयर मिल्ला तर बालान्तरमा शान्ति मिल्न सक्दैन । उनीहरुको आशु र पीडाले जीवनभर पन्छाइहन्छ । स्वर्ग मरेपछि मात्र पुगिने होइन बृद्ध बृद्धाको आदर सम्मान गर्न सके उनीहरुको आर्शिरवाद, प्रेरणा र खुशिले परिवारलाई स्वर्ग तुल्य बनाउन सक्दछ । (लेखक अधिवक्ता हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया