बहस-५, प्रदेश विकास, ‘समृद्धि’ का लागि सभ्य समाज निर्माण

गएको एक महिना समाजिक सन्जाल, पत्रपत्रिका, टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यम लेख, अनुुसन्धान प्रतिवेदन, विभिन्न विश्लेषणहरुमा हामीले थाहा पाएका, थाहा पाउन नसकेको तर प्रहरीमा उजुरी परेका, नपरेका, गुपचुप रहेका दुई दर्जनभन्दा बढि महिलामाथिका हिंसा, बलात्कार, दुव्र्यव्यवहार र हत्याका घटना सुन्यौ, देख्यौ । फागुन १ देखि चैत्र ६ सम्म मात्रै सञ्चारमाध्यममा आएका समाचारलाई मात्रै हेर्ने हो भने पनि १० वटा बलात्कार अधिकांश बालिका बलत्कार, ६ वटा महिला हत्याका खबरहरु आए । सारा समाजका लागि दुर्भाग्य र घृणित बनाउने समाचारहरुले दिमाग नै खलबल्याउने सञ्चारमाध्यममा समाचारहरुले स्थान पाइरहयो । अझ बालिका बलात्कृत त्योपनि आफन्त र छरछिमेकबाट, ग्याङ्ग रेप ओहो समाचारका एकलाइन पढ्दा आङ्ग नै सिरिङ्ग हुने समाचार ।

 
यो समाजलाई देशैभरिबाट नै लज्जित हुने समाचारहरु छाइरहे । यो साता मात्रै काठमाडौंमा नै सामूहिक रुपमा एकसातासम्म वालिका बलात्कारको घटना सुनेपछि त झन मनै कुडिएर अमिलो भएर आउँछ । यस्ता अमानविय घटनाहरुको विष्लेशण र बहश फेरी केहीसमयमा नै सेलाउँदै जान्छ मानौ वहसका लागि अर्को पात्र खोजेर बसेको छ समाज अथवा अर्को घटनाको प्रतिक्षामा छ नेपाली समाज, मिडिया र अधिकारकर्मी । हामी नेपालीहरुमा समाजमा घटना भइसकेपछि केही समयसम्म चर्को बहस र विवाद, अभियानहरु, कार्यक्रम हुने गरेको पाउँछौ । सामाजिक सन्जालमा एक क्लिक गर्नुस ‘राधा चौधरी’लाई समर्थन जनाउनुस जस्ता लिंक शेयर गर्ने हामीले हाम्रो घरमा, हाम्रो टोलमा, आफनै समूदायमा त्यही कुप्रथा अगाँलेका वा समर्थन गरेका मानिसहरु विरुद्धमा के कति बोल्यौं ? के हामी राधा चौधरी माथि भएको भिडियोको रमिते र देखाउनका लागि गरिएको समर्थन मात्रै हो त ? त्यही समयमा बालीका माथी भएको बलात्कारका घटनामा हामी कति बोल्यौ ? के यो घटना सुनिरहँदा हामी समृद्धि तर्फ लम्कन सक्छौ ? के हाम्रो समृद्धि भित्र शुन्य महिला हिंसा पर्छ कि पर्दैन ?

 

 
हाम्रो पूस्ताले जन्मेदेखि नै राज्य सन्चालन गर्नेहरुबाट विभिन्न समयमा राज्य शक्तिमा फरक फरक अनुहारहरु देखेपनि एउटा बोली सधै सुनिरह्यौे ‘देश अब समृद्धि तर्फ अगाडि बढ्छ’ ठयाक्कै औंला भाँचेरै समृद्धिको गणना गर्न मुस्किल भएपनि भौतिक निर्माणमा पछिल्लो एकदशकमा केही प्रतिशत विकास भएको हो । त्यसबाहेक आजसम्म समृद्धिको सुचक राज्य सन्चालकहरुले के के बनाए ? वा थिए ? थाहा हुन सकेन अथवा पाएनौ अथवा हाम्रो ध्यान जानसकेन । समयले कोल्टे फर्यो, शताब्धी राज्य सञ्चालनमा हालीमुहाली गरेका शाह वंशको एकतन्त्रीय अथवा पन्चायत, बहुदल अथवा प्रजातन्त्रको शासकीय स्वरुप नै फेरियो देश संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुकका रुपमा नयाँ शासकीय व्यवस्थामा गयो । सबैले सोचे विश्व परिवर्तन भएको छ, अव राजनीतिक स्थायित्व हुन्छ । सर्वसाधरणले सोचे अब ‘समृद्ध’ नेपाल बन्नेछ र सबै स्थानीय, प्रदेश र संघीय सरकारका जिम्मेवार व्यक्तिहरु जो सुकैबाट पनि सुनिने एउटै आवाज हो ढुक्क हुनुहोस् देश अब समृद्ध हुन्छ ।

 

 
समृद्ध र विकासलाई सधै हामीले भौतिक संरचनासँग जोडेर व्याख्या विश्लेषण गयौ । वर्षौदेखि हेपिएका, चेपिएकाहरुलाई सामान्य मानवीय व्यवहार पनि गरेनौ । विभिन्न वहानामा हामीले कमजोर, पीडित बनाइरह्यौ, अत्याचार भइरह्यो । सरकारले कानुन बनाउने, कार्यान्वयन नगर्ने, पीडक समाउने फितलो कारवाही हुने जस्ले महिला, दलित र पछाडि पारिएको वर्गलाई सधै समाजले हेपिरह्यो ।

 

ठुला महल र गाउँ गाउँ बाटो पुगे तर त्यही महल र गाउँमा बस्ने हाम्रा दिदि बहिनी सुरक्षित हुन सकेनन् । अब हामीले सोचेको समृद्ध भित्र सभ्य समाजलाई पहिलो प्राथमिकतामा पार्ने कि नपार्ने ?

 

 

हाम्रो समाज जति विकसित हुदै गयो अथवा समृद्ध भन्दै गयौ, समाज झन्झन् असभ्य भयो कि ? अझ भनौ के हामी पुरुष महिला माथि हिंसा गर्नै जन्मेका हौ ? अवश्य होइनौ, त्यसो हो भने किन यति निर्दयी हुदै गयौ ? हामीले यस्ता घटनामा किन सुक्ष्म अध्ययन र विश्लेषण गरेनौ अथवा हामी किन रुपान्तरित हुन सकेनौ ? हामी सभ्य हुन के ले रोक्यो ? के भौतिक संरचना, जीवनशैली, भाषा, खानपान बदलिनु मात्रै विकास अथवा समृद्धी हो त ? गहिरो छलफल र बहस हुनुपर्दैन ? आफैबाट केही परिवर्तन आवश्यक भैसकेको छैन र ? कि म अथवा तपाई मात्रै मैले त गर्ने गरेको छैन त्यस्तो भनेर बस्ने ? स्थानीय सरकार आफै ऐन नियम कानुन निर्माणका लागि सक्षम बनाएका छौ । त्यसो हो भने स्थानीय, प्रदेश वा संघले आप्mनो समूदाय अनुकुलका कानुन निर्माण गर्न कसरी लागिरहको छ ? छ भने के के पर्छन् र किन भनेर जान्नु, बुझनु र आफ्ना मत राख्न पाउनुपर्छ ।

 

 
विश्वले अँगालेका नीति, कानुन र दस्तावेजहरुमा पक्ष राष्ट्रको तर्फबाट हस्ताक्षर गर्छांै । जति बनेका भौतिक संरचनाहरु छन् ? ती पनि आधुनिक र भव्य बनाउँदैछौ । सडक चौडा र फराकिला पार्दैछौ । के हामीले देखेको समृद्धि भौतिक संरचनाहरु मात्रै हुन् ? के हामी सभ्य हुनुपर्दैन ? के हाम्रो मुल एजेण्डमा शान्ति, मानवअधिकार, सुरक्षा पर्न सक्दैन ?
प्रदेश अथवा स्थानीय सरकारले के गर्ने ?

 

 
समृद्धिसँग जोडेर जति भौतिक विकासमा सुरुङ्गमार्ग, मोनो रोल, रेल, चौडा बाटो, स्वास्थ्य, शिक्षा, जलविद्युत, उद्योग जस्ता विषयमा जति बहस र छलफल अनि बजेटका कुरा भएका छन् त्यतिकै रुपमा हिंसा रोक्न कानुन र जनचेतनाका कार्यक्रमहरु पनि हुनु आवश्यक छ ।

 

 
एउटा सभ्य समाजमा बालिका बलात्कृत हुँदा न मोनो रेलले, न सुरुङ्ग मार्गले, न व्यवसाय राम्रो भएर कुनैपनि विकास र समृद्धिले समाजको शिर उँचो हुनसक्दैन । त्यसैले स्थानिय सरकारहरुले समाज अनुसारहरुको आवश्यक कार्यक्रमहरु पहिलो प्राथमिकतामा पारेर ल्याउनु अति आवश्यक छ । यस्का लागि पहिलो काम सुरक्षा व्यवस्था चुस्त पार्नु हो । त्यस्तै अपराधको प्रकृति र समाज अनुसार कानुन र जागरणका कार्यक्रमहरु ल्याउनु जरुरी छ । साथै यस्ता अमानवीय र घृणित कार्यमा संलग्नलाई कडा कारवाही, राजनीतिक हस्तक्षेप हुन नदिनु अर्को महत्वपूर्ण काम हो । अहिले भएका कानुनहरु कारवाहीका लागि पर्याप्त भएपनि कार्यान्वयन पक्ष एकदम फितलो र राजनैतिक हस्तक्षेप भएकाले अपराधमा संल्गनहरु उम्किरहको पाउँछौ । बलात्कार जस्तो घटनामा युवाहरुको संलग्नता बढी भएको पाइन्छ । यसका लागि युवा केन्द्रीत कृयाकलापहरु, रोजगारी, शिक्षा, चेतना जगाउनु अति आवश्यक छ । समृद्धिका लागि सभ्य समाज निर्माणलाई पहिलो प्राथमिकतामा राखौं । भौतिक निर्माण समय अनुसार हँुदै जान्छ ।

प्रतिक्रिया

प्रतिक्रिया