दशकौं पुरानो भनिएको मालपोत कार्यालय बाँकेमा रहेको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको सन्दुक (बाकस) बुधबार खोलिएको छ । खोलिएका दुई बाकस मध्ये एउटा रसिदका ठेली मात्र भेटिएको छ । भने अर्को चाँदीका केही गहना र सुनको तिलहरी भेटिएको छ ।
दशकौं पुरानो बाकस भएको दाबी गरिएपनि पहिलो बाकस भित्र भेटिएको रिचार्ज कार्ड र दोस्रो बासकमा एक पेय पदार्थ कम्पनीको कार्टुन र भेटिएका गहना नयाँ (टल्केका)ले धेरै पुरानो मान्न सक्ने अवस्था नरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् . अहिले बाकसमा भेटिएका गहनाहरुको गणना गरिंदैछ । यसअघि बाकसमा के र कति सम्पत्ति छ भन्ने कसैले पनि बताउन सकेका थिएनन् ।












