भार्गव विकास बैंकको शाखा राप्तीसोनारीको अगैया बजारमा

स्थानीय तहमा पुग्दै बैंक

स्थानीय तहको संरचनासँगै बैंक तथा वित्तीय संस्था पनि गाउँपालिकाका केन्द्रमा पुग्न थालेका छन् ।
त्यसक्रममा भार्गव विकास बैंक लि. ले बुधवार राप्ती सोनारी गाउँपालिकाको केन्द्र वडा नंं. २ स्थित अगैयाबजारमा सञ्चालनमा ल्याएको छ ।

आफ्नो १६ औं शाखा स्थापना गरि विधिवत रुपमा बुधवारदेखि कारोबार शुरु गरेको भार्गवको शाखा औपचारिक कार्यक्रमबीच प्रदेशसभा सदस्य कृष्णा के.सी. (नमूना) र नेपाल राष्ट्र बैंक नेपालगन्जका कामु निर्देशक शेलेन्द्र रेग्मी संयुक्तरुपमा उद्घाटन गरेका हुन् । ‘ब्यापक जनचाहना एवं स्थानीय ब्यापारी, व्यावसायी तथा बुद्घिजिवीहरुको बित्तीय आबश्यकता र सुरक्षालाई ध्यानमा राप्तीसोनारी गाउँपालिकाका लागि शाखा सञ्चालनमा ल्याइएको हो,’ बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले भने ।

 

‘गाउँ गाउँसम्म आर्थिक विकास गर्न बैंकले उचित भूमिका खेल्ने लक्ष्य सहित यस क्षेत्रका ग्राहक वर्गको चाहना र आवश्यकता अनुसार नै सेवा प्रवाह गर्दै जानेछौें,’ जोशीले भने । जोशीका अनुसार, बैंकले चालु आ.व.को माघ महिना सम्ममा रु २ अर्ब ६० करोड माथि निक्षेप संकलन तथा रु २ अर्ब १५ करोड कर्जा लगानी गर्न सफल भएको छ । सोहि अवधि सम्ममा बाँके, दाङ्ग र बर्दियाका ग्रामीण क्षेत्र समेतका गरि करिव ४५ हजार ग्राहकहरुलाई सेवा पुर्याउन सफल भएको उनले जानकारी दिए ।

 

बैंकका पूर्व सञ्चालक श्री रेशम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अगैयाबजार र आसपासका ग्रामिण क्षेत्रका स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो । राप्ती सोनारी पुग्ने बैंक तथा वित्तीय संस्थामा भार्गव विकास बैंक लि. पहिलो भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया