बाँकेका प्रदेश सांसदको पहिलो मुद्दा बाँके प्रदेश राजधानी

विनय दीक्षित/दैनिक नेपालगन्ज

आन्तरिक ब्यवस्थापनमा जुटेको प्रदेशसभाको सदन आगामी १५ गते बस्ने तयारी भइरहँदा बाँकेका प्रदेश सांसदहरुले मुद्दा प्राथमिकता निर्धारणमा जुटेका छन् । उनीहरुले प्रदेश राजधानीदेखि बाँकेको सम्बृद्धिका मुद्दाहरुलाई प्राथमिकतामा पारेका हुन । राजधानीको हकमा सदनमा छलफल गर्दा कम्तिमा प्रदेशका सबै जिल्लाहरुलाई केन्द्र पर्नेगरि सहमति गर्न उनीहरुको जोड छ । हाम्रो एक नम्बरकोे प्राथमिकता बाँके राजधानी नै हो, बाँकेका प्रदेश सांसद आइपी(इन्द्र प्रसाद) खरेलले भन्छन् ।

 

विकासका अन्य बाचाहरु पूरा गर्ने प्रतिबद्धता अनुसारका छलफल र कामहरु सुरु हुने अवस्थामा राजधानीको विषय केन्द्रविन्दुमा पर्ने खरेलले बताए । उनले प्रष्ट आधार र मापदण्ड तोकेर राजधानी तय गर्नुपर्ने सुझाए । फाल्गुन १५ पछि २५ गतेदेखि नियमित सदन सुरु हुने छ । बाँके राजधानीका लागि अग्रपंक्तिमा रहेको उनको दाबी । बाँकेको विकल्प अर्को हुनै सक्दैन, उनले भने, भौतिक पूर्वाधार लगायत कारण पनि बाँके राजधानीका लागि उपयुक्त छ ।

 
प्रदेश सांसद विजय यादवले, राजधानी माँग मात्र नभई अडानको रुपमा रहेको प्रष्ट पारे । राजधानीको लागि हाम्रो ठाउँ के कारणले अनुपयुक्त भयो, उनले भने, सरकारले बाँके राजधानी गराउनुको विकल्प नरहेको बताए । बाँकेको समग्र विकास संगै राजधानीलाई मुख्य अडानको रुपमा अघि सार्ने तयारी भइरहेको उनले जानकारी दिए । प्रदेश प्रमुख, उपप्रमुखको चयनपछि विस्तारै सदन संचालनको तयारी भइरहँदा बाँकेका प्रदेश सांसदहरु जिल्लामा कुन कुन एजेण्डालाई प्राथमिकतामा राख्ने बारे आन्तरिक छलफल गरिरहेका छन् ।

 

 

हामी बाँकेको बासिन्दा भएको र जनताले जिम्मेवारी पनि सुम्पेका कारण मुख्य प्राथमिकता जहिलेपनि बाँकेनै पर्छ प्रदेश सांसद आरती पौडेलले भनिन्, समग्र रुपमा बाँके जिल्ला राजधानीका लागि उपयुक्त रहेकोले सदन बैठकमा जोडदार रुपमा राजधानीको लागि माँग गर्ने तयारी रहेको छ ।

 

 

बाँकेको विकास, सुधार र सुविधाका लागि हामी संधै अग्रसर छौं, पौडेल भन्छिन्, राजधानीको विषयमा कुनै सम्झौता हुन्न । पहिलो र प्राथमिकताको विषय नै बाँके राजधानी हो, यसमा कुनै शंका नगरे हुन्छ, दैनिक नेपालगन्ज संग कुरा गर्दै, प्रदेश सांसद सुरेन्द्र हमालले भने, छलफलका पनि विभिन्न विधाहरु छन्, चुस्त मापदण्ड सहित बाँके राजधानीको लागि अव्वल छ ।

 

 

बाँकेका मात्रै नभई बर्दियाका प्रदेश सांसदहरुको मतपनि बाँके राजधानी हुनु पर्नेमा नै रहेको छ, हमालले भने, बाँके सबैप्रकारको सुविधायुक्त जिल्ला भएकोले सरकारले पनि एक पटक विचार गर्ने पर्छ । बाँके राजधानीका लागि पहिलेपनि संघर्ष भएकै हो, अहिलेको संरचना र सबै हिसाबले राजधानीको लागि उपयुक्त जिल्ला हो, प्रदेश सांसद कृष्णा केसीले भनिन्, भुगोलको हिसाबले मिल्दैन । भौतिक पूर्वाधार, संरचनाले राजधानीको लागि उयुक्त जिल्ला भएपनि बुटवल र बाँके दुबै ठाउँ ठिक होइन ।

प्रतिक्रिया

प्रतिक्रिया