‘६ बर्षभित्रै बबई सिंचाइ पूरा’

बबई सिंचाई आयोजनालाई ६ बर्षभित्र लक्ष्यका साथ निर्माण कार्यलाई तिव्रता दिइएको छ । सिचाई आयोजनाका प्रमुख रमेशवन्धुु अर्यालले प्रेस क्लव अफ नेपाल  सँगको विशेष कुराकानीमा क्रममा आर्थिक वर्ष २०७९/०८० सम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडी बढाएको जानकारी दिए ।

 

बर्दिया निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा वर्तमान सरकारका सिंचाई मन्त्री सञ्जय कुमार गौतम लगायतले विशेष चासो दिई बाँके, बर्दिया र कैलालीलाई कृर्षि क्षेत्रको हब बनाउने गरि पहल गरिरहेकाले पनि आयोजनाको काम तिब्र रुपमा अघि बढि रहेको आयोजना प्रमुख अर्यालको दाबी छ ।

 

सिंचाईको पहुँच विस्तार गरि उत्पादन, उत्पादकत्व वृद्धि गर्ने उद्देश्यका साथ सुरु गरिएको बबई सिंचाई आयोजनामा पनि राष्ट्रिय गौरवका अन्य आयोजना सरह ठुला दातृ निकायबाट लगानी भित्रउने तयारी भइरहेको छ । बबई सिंचाई आयोजनाका (सि.डि.इ) तथा सुचना अधिकारी रमेश राज शर्माका अनुसार अहिले सम्म भौतिक प्रगति ६५ प्रतिशत, वित्तिय प्रगति १३ प्रतिशत र खर्च १० करोड ७४ हजार बराबर पुगेको छ ।

 

यसैगरि आयोजना सम्पन्न गर्नका लागी पछिल्लो अनुमानित लागत १७ अरब, ३४ करोड हारीहारी सम्म पुग्न सक्ने प्रस्ताव गरिएको छ । नेपाल सरकार सिंचाई मन्त्रालय सिंचाई विभाग अन्र्तगत बबई सिंचाई आयोजना बैदी, बर्दियामा रहेको कार्यालयले आजभोलि उपभोक्क्ताहरुले सिंचाई गरिरहेको क्षेत्र बाहेक अन्य नहरको निर्माण तथा मर्मत सम्भार, सञ्चालनको काम गरिरहेको छ । माघ १ गते देखि उपभोक्क्ताहरुको सिंचाई पानी वन्द गरि थप अन्य नहरहरुको काम पनि अगाडि बढउने तयारी गरेको आयोजना जानकारी दिएको छ ।

 

जलपर्याप्तताको दृष्ट्रिकोणले वर्षभरी सिंचाई सुविधा पु¥याउन भेरी–बबई डाईभर्सन कार्यको चाँडो निर्माण हुन जरुरी रहेको आयोजनाले बताएको छ । वन, अर्थ र सिंचाई मन्त्रालय विच स्पष्ट समन्वय, नदिजन्य निर्माण सामग्रीको सहज उपलब्धता, जिसस बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज, जग्गा अधिकरण कार्यमा सहयोग, उपभोक्क्ताबाट निरन्तर सहजीकरण हुन सकेको खण्डमा निर्माण कार्यलाई गति दिन अझ सहज हुने आयोजनाको विश्वास छ । तर, जलवायु परिवर्तनका कारण बबई नदिमा आउने बाढीले दाया, बायाको खेती योग्य जमिन कटान, डुवान गर्ने, त्यसमा पनि पर्याप्त बजेट अभावले पूर्ण रुपमा सिंचित क्षेत्रलाई बचाउन नसकिएको पनि बबई सिंचाई आयोजनाले जनाएको छ ।

 

बबई सिचाई आयोजना राष्ट्रिय गौरवको सिंचाई आयोजनाका रुपमा अहिले सञ्चालनमा रहेको छ । सिंचाई प्रणालीको विकासका लागी सरकारले अन्र्तराष्ट्रिय विकास संस्था (आइ.डी.ए) को संलग्नतामा वि.सं. २०२४ साल देखि अध्ययन थालनी गरेको थियो । विभिन्न चरणमा गरि केही दातृ निकाय तथा केही नेपाल सरकार आफै पनि यसमा लगानी थपी आयोजना सम्पन्न गर्न लागी रहेको देखिन्छ ।

 
विगतको सर्भेक्षणबाट बर्दिया जिल्लाको करिब ४० हजार हेक्टर क्षेत्रफल सिंचाई क्षेत्र भनिएता पनि सन २०१२ मा भेरी बबई डाईभर्सन बहुउद्देश्य आयोजनाले गरेको अध्ययनबाट कुल सिंचाई क्षेत्रफल ३६ हजार पूर्वमा करिब २१ हजार हेक्टर तथा पश्चिममा १५ हजार हेक्टर कायम गरिएको छ । भेरी बबई डाईभर्सन सम्पन्न भएपछि थप १५ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्ने भएकाले सोही अनुसार निर्माण कार्यलाई अगाडी बढाइएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया