नेपालगन्जको ट्राफिक व्यवस्थापन प्रतिवेदन तयार

नेपालगन्जको ट्राफिक व्यवस्थापनका लागि अध्ययन गर्न बनेको सरकारी कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन तयार गरेको छ ।

 

नेपालगन्ज उपमहानगर–पालिकाका अधिकृत शरद पौडेलको संयोजकत्वमा बनेको कार्यदलले बिहीबार अनौपचारिक बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेको हो । ‘प्राप्त प्रतिवेदनका आधारमा छिट्टै औपचारिक बैठक बसी कार्यान्वयन प्रक्रिया अगाडी बढाउछौं’, नगर उपप्रमुख उमा थापामगरले दैनिक नेपालगन्जस“ग भनिन्, ‘कुन कुन ठाउमा पार्किङ्ग गर्ने भन्ने कुराको अध्ययन सबै भैसकेको छ ।’ उपप्रमुख थापाका अनुसार, नगर प्रमुख डा. धवल समशेर राणा नेपालगन्ज बाहिर रहेकाले आउना साथ औपचारिक बैठकले निजी क्षेत्रस“गको साझेदारीमा ट्राफिक व्यवस्थापनको काम अगाडी बढाउने छ ।

 

संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्जमा बिहीबार कार्यदल र सरोकारवालाहरु बीच अनौपचारिक बैठक गरिएको हो । प्रहरी वरिष्ठ उपरीक्षक महेश विक्रम शाहले नगर भित्र चाहिने आवश्यक ट्राफिक व्यवस्थापनका पूर्वाधारहरु क्रमशः व्यवस्थापन गर्दै जाने योजना बनाइएको बताए । ‘नगर क्षेत्र भित्र ४७ वटा पार्किङ्ग स्टल पहिचान भएको छ’, शाहले दैनिक नेपालगन्जसग भने, ‘यी सबै ठाउ“मा संकेत चिन्ह राख्दै डिभाइडर हटाउदै जाने योजना छ ।’

 

उपमहानगरपालिकाले ट्राफिक प्रहरीस“गको सहकार्यमा सशुल्क पार्किङ्गका लागि निजी क्षेत्रलाई जिम्मा लगाउने योजना बनाएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया