किन भयो राणा-पोखरेल भेट ?

प्रदेश नं. ५ का मुख्यमन्त्रीका एक्ला दाबेदारका रुपमा देखिएका नेकपा एमालेका नेता तथा नवनिर्वाचित प्रदेशसभा सदस्य शंकर पोखरेल र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा बीच बुधबार औपचारिक भेटवार्ता भएको छ ।

नेपालगन्जलाई आर्थिक महानगरका रुपमा विकास गर्न औपचारिक कार्ययोजना सार्वजनिक गरेका पोखरेल र ग्रेटर नेपालगन्ज अवधारणालाई कार्यान्वयनमा जुटेका नगरप्रमुख राणा बीच ‘नेपालगन्जको भविष्य’ बनाउने विषयलाई लिएर भेटवार्ता भएको हो । ‘ग्रेटर नेपालगन्जबारे विस्तृतमा छलफल गरियो’ डा. राणाले भेटवार्ता बारे दैनिक नेपालगन्जसग भने, ‘नेपालगन्ज कस्तो बनाउने भन्ने बारे उहासग पनि योजना रहेछ ।’

नगर प्रमुख डा. राणा र पोखरेलको भेटघाटलाई लिएर विभिन्न चर्चा–परिचर्चा थालिएको छ । २०५४ सालमा नेकपा एमालेबाट नेपालगन्जका प्रमुख निर्वाचित भएका डा. राणा हाल राप्रपाका महामन्त्री हुन् । ‘नेपालगन्ज बनाउनलाई जो–जससग जस्तो तालमेल गर्नुपर्छ म गरेर अगाडी बढ्छु’, डा. राणाले चर्चा बारे टिप्पणी गर्दै भने, ‘भावी मुख्यमन्त्री मेरो
नगरमा आएपछि मैले स्वागत गर्ने, छलफल गर्ने र आगामी योजनाबारे परामर्श स्वभाविक हो ।’

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अभियानकै क्रममा नेपालगन्ज आएका पोखरेलले आफुलाई आफ्नो पार्टी नेकपा एमाले र गठबन्धनका साझेदार माओवादी केन्द्रले संयुक्त रुपमा मुख्यमन्त्रीमा प्रस्ताव गरेको औपचारिक जानकारी गराएका थिए । पोखरेलले सोही अनुरुप प्रदेश नं. ५ बनाउने खाका आफुस“ग रहेको जानकारी दिंदै नेपालगन्ज, दाङ्ग र बुटवल प्रदेश नं. ५ का छुट्टै विशेषता बोकेका तीन वटा महानगरका रुपमा विकास गरिने दृष्टिकोण पस्किएका थिए ।

‘प्रदेश नं. ५ बाट मुख्य मन्त्रीका लागि गठबन्धनका मुख्य दलले निर्णय गरिसकेको छ’, बिहीबार पत्रकार सम्मेलनमा केही माओवादीबाट विजयी नेताले पनि दाबी गरेको प्रसंगमा पोखरेलले भने, ‘प्रदेशसभा सदस्य निर्वाचित व्यक्तिले व्यक्तिगत इच्छा, आकांक्षा राख्नु स्वभाविक हो, तर मुख्यमन्त्रीको विषय टुंगिइसकेको छ ।’ उनले प्रष्ट रुपमा आफु अबको मुख्यमन्त्री भएको संकेत गरे ।

प्रेस चौतारी नेपाल बाके शाखाले गरेको पत्रकार सम्मेलनमा एमालेका वरिष्ठ नेताहरु सहभागी भैरह“दा डा. राणा पोखरेलको स्वागतका लागि कार्यक्रम स्थल प्रवेश गरेका थिए । डा. राणा पुगेपछि एमाले नेता निवर्तमान सांसद देवराज भारले आफ्नो कुर्सीमा उनलाई बसालेका थिए । छेउमै रहेका एमालेको सुर्य चिन्हबाट नेपालगन्ज क्षेत्र नं. २ बाट उम्मेदवार पशुपति दयाल मिश्रले डा. राणालाई स्वागत गरेका थिए ।

भर्खरै सकिएको प्रदेशसभा निर्वाचनका क्रममा प्रदेश नं. ५ मा प्रत्यक्ष निर्वाचित हुने ५२ सिट मध्ये नेकपा एमाले एक्लैले २८ सिट जित हासिल गरेको छ । वाम गठबन्धनकै अर्को दल माओवादी केन्द्रले १६ तथा नेपाली काग्रेस र संघीय समाजवादी फोरमले ३÷३ सिट जित हासिल गरेका छन् । समानुपातिक तर्फको परिणाममा पनि एमालेको अग्रता देखिएको छ । नतिजाले एमालेले प्रदेश सरकार बनाउने कुरा प्रष्ट पारिसकेको छ ।

‘नियुक्ति तत्काल रोक’


नेकपा एमालेका नेता शंकर पोखरेलले सरकारले धमाधम नियुक्तिहरु गरिरहेको भन्दै रोक्न चेतावनी दिएका छन् ।
बुधबार राजधानी काठमाडौं जान दाङ्गबाट निर्वाचन सकि नेपालगन्ज आइपुगेका नवनिर्वाचित प्रदेशसभा सदस्य समेत रहेका पोखरेलले पछिल्ला सरकारी नियुक्तिलाई अनुचित भन्दै रोक्न चेतावनी दिएका हुन् ।

 

‘जनताबाट अस्वीकृत भैसकेको दलले धमाधम राजनीतिक नियुक्ती अनुचित हो’, पोखरेलले पत्रकारहरुसग भने, ‘तत्काल रोक्न आग्रह गर्दछौं ।’ पोखरेलले निर्वाचन पछि राजनीतिक निकाससगै देश विकास तर्फ उन्मुख भएको प्रतिक्रिया दिंदै भने, ‘केन्द्रदेखि प्रदेशसम्म सरकार गठनपछि संविधान पूर्णत कार्यान्वयनसगै मुलुक नया दिशामा अगाडी बढ्छ ।’

 

देशभरी वाम गठबन्धनका पक्षमा आएको जनमतले जनतामा आशा जगाएको नेता पोखरेलको भनाइ थियो । ‘नेपालगन्जका जनताको घरदैलोमा अझै हाम्रा एजेण्डा पुग्न सकेको रहेनछ’, बाके २ को निर्वाचन परिणामप्रति संकेत गर्दै पोखरेलले भने, ‘यहा“ भएको आंशिक पराजयलाई पार्टी नेताहरुले गम्भीरतापूर्वक लिनुपर्छ ।’ उनले एमालेका एजेण्डालाई जनताका घरदैलोमा पुर्याउन निर्देशन पनि आफ्ना अगुवा कार्यकर्तालाई दिएका थिए । पोखरेलले त्यसो भनिरह“दा बा“के क्षेत्र नं. २ बाट सुर्य चिन्ह लिएर उम्मेदवारी दिएका पशुपति दयाल मिश्र र प्रदेश ख का एमाले उम्मेदवार विजय गुप्ता नजिकै थिए । पोखरेलले मिश्रलाई लक्षित गर्दै स्वतन्त्र समूह सगको पार्टी प्रवेशको सम्भावना पनि औंल्याए ।

 

‘सरकार गठन पछि माओवादी सगको पार्टी एकताले पनि मूर्त रुप लिन्छ’, एमाले नेता पोखरेलले त्यसअघि पार्टी एकता सम्भव नभएको धारणा राख्दै भने, ‘एमाले र माओवादी केन्द्र बीचको एकतालाई आम जनताले अनुमोदन गरिसकेका छन् ।’ उनले एउटै एजेण्डामा वाम गठबन्धन निर्वाचनमा होमिएकाले पनि पार्टी एकिकरणबाट भाग्न सक्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया