भरोसाको जित हो

नेपालगन्ज/रुपा गहतराज
वर्गीय विभेद विरुद्ध राजनीतिमा होमिएकी नेकपा माओवादी केन्द्रकी नेतृ कृष्णा केसी (नमुना)प्रदेश नम्बर ५ मा प्रदेश सभामा निर्वाचित हुन् पहिलो महिला हुन् । यो यात्रा तय गर्न सोचे जति सहज थिएन उनका लागि । ‘१० बर्षे सशस्त्र द्वन्द्वले पारेको सकारात्मक प्रभाव आम नेपालीका लागि ठुलो उपलब्धी रह्यो,’ जितपछि आफ्नो विगतलाई सम्झदै नमुनाले भनिन्, ‘यो जित म प्रतिको विश्वास र भरोसाको जित हो ।’ आफुले व्यक्त गरेका प्रतिबद्धताहरु पालना गर्नेमा आश्वस्त पार्दै नवनिर्वाचित प्रदेशसभा सदस्य नमुनाले भनिन्,‘अब विकास र समृद्धितिर लैजानु पर्छ ।’

 
नमूनाका लागि यो जित प्रतिस्पर्धीसगको अंक गणित संग मात्र सीमित थिएन । असमानता विभेद चिर्दै उनले यो लामो यात्रा तए गरेकी हुन् । १० बर्षे सशस्त्र द्वन्द्वमा नमूनाले भूमिगत जीवन भोगिन् । उनले पुराना दिन सम्झदै भन्छिन्, ‘कहालिन्छ मन । मसंग शब्द नै छैन । तर त्यो अध्या“रोमा पनि कहिले पट्यार लागेन, उज्यालो किरण देखिरहे ।’ आफ्नो जित बारे नमुना भन्छिन्, ‘यो जित जनताले दिएको विश्वास हो । यो बिश्वास लाई अविश्वासमा कहिल्यै बदलिने छैन ।’

 

२०४८ साल देखि राजनीतिमा होमिएकी नमुना २०४९ साल देखि विद्यार्थी राजनीतिमा सक्रिय भइन् । उनी एकाइ कमिटी ह“ुदै २०५४ मा विद्यार्थी संगठनको इन्चार्ज भइन् । जति बेला उनी जेल चलान समेत भइन् । डेढबर्ष जेल जीवन भोगेकी नमूनाले कहिल्यै राजनीतिबाट अलग हुने सोंच राखिनन् । राजनीतिक यात्रामा आएका उतार चढावलाई सहज ढगंले स्वीकार गर्दै आएकी नमूनाले सर्वहारावर्गलाई केन्द्रमा राखेर राजनीति गरेको बताउछिन् । ‘जनताको काममा जनताको मन जित्न लागि परे’, उनले भनिन् ,‘मलाइ आशा थियो, धैर्यता राख्नुपर्छ क्षमताको मुल्यांकन हुन्छ ।’

 

साविकको महादेवपुरी–२ हालको राप्तीसोनारी गाउँपालिकाकी बासिन्दा नमुनाको जन्म रुकुममा भएको थियो । उनको परिवार २०४७ साल तिर बसाई सरी बाँके झरेको थियो । क्षमता र उर्जा हुदैहुदै पनि नमूनाले अवसरका लागि कहिले इच्छा व्यक्त गरिनन् र पार्टीको जिम्मेवारी सम्हाल्दै आइन् । नमुनाले २०५९ सालमा पार्टीको जिल्ला कमिटी सदस्य ह“ुदै २०७० मा जिल्ला सेक्रेटरीको जिम्मेवारी समालिन् । २०७२ सालमा पार्टीको केन्द्रीय सदस्य ह“ुदै पार्टीको बा“के जिल्लाको सेक्रेटरीको जिम्मेवारीमा पुगिन् ।

 
जित पछि कार्यकर्ता बीच घेरिएकी नमूना आफ्नो आमाको अभाव महसुस गर्दै थिइन् । उनी जितको तयारी गर्दै गर्दा उनकी आमाले यस संसार बाट बिदा लिएकी थिइन् । आमालाई सम्झदै भावुक हुदै नमुनाले भनिन्, ‘उहाले मलाई जितमा हेर्ने ठुलो धोको थियो । मैले जिते । तर, आमाको मलाई जितेको हेर्ने इच्छा पूरा हुन सकेन ।’

 

आफ्नो जितलाई जनताको परिवर्तनको चाहनाको प्रतिकको रुपमा लिएकी नमूनाले अब सर्वहारा, महिला, पछाडी पारिएका समुदायको विकास आफ्नो एजेण्डा रहेको सुनाइन् । उनले भनिन्, ‘आन्दोलनबाट प्राप्त अधिकार कार्यान्वयन गरी सुनिश्चित गर्न मेरो जोड हुनेछ ।’ उनले हरेक क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्ने कुरालाई प्राथमिकता दिने बताइन् । मतदाताहरुलाई मत दिएर जिताए संगै विकास निर्माणमा सबै जनताको साथ चाहिने धारणा राख्दै नमुनाले भनिन्, ‘विकास निर्माणका लागि सबै जनताको साथ र सहभागिता पनि आवश्यक छ ।’

 

३७ बर्षिय नमुना फुलमाला अबिरमा लतपतिएर गरुङ्गो भएभन्दा पनि जनताले आफुलाई दिएको विश्वासले थप जिम्मेवार भएको भएको महसुस गर्दै थिइन् । बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (क)बाट वाम गठबन्धनबाट विजयी केसी प्रदेशमै पहिलो महिला हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया