नेपालगन्जमा ‘वैकल्पिक बस्ती’ घोषणा

नेपालगन्जमा ‘वैकल्पिक बस्ती’ निर्माणको घोषणा गरिएको छ । नेपालगन्ज नगर विकास समितिले नया“ व्यवस्थित बस्तीको घोषणा गरेको हो ।
बुधबार नगर विकास समितिका नवनियुक्त अध्यक्ष गोपाल पुनले पदभार ग्रहण गर्दै आफ्नै कार्यकाल भित्र वैकल्पिक बस्ती व्यवस्थापन गर्ने घोषणा गरे । ‘ल्याण्ड पुलिङ्ग सिष्टमको व्यवस्थित बजार सहितको बस्ती व्यवस्थापन योजना बनाएको छु’, नवनियुक्त अध्यक्ष पुनले दैनिक नेपालगन्जसग भने, ‘त्यसका लागि आवश्यक जग्गा खोजी सुरु भैसकेको छ ।’ अध्यक्ष पुनले नेपालगन्ज मुख्य बजार छेउछाउका दुई ठाउमा सम्भाव्यता अध्ययन सुरु भैसकेको जानकारी दिंदै भने, ‘मेरो दुई बर्षे कार्यकाल भित्रै बस्ती व्यवस्थापन कार्य सुरु गर्नेछु ।’

 

बुधबार नेपालगन्ज नगर विकास समितिमा नवनियुक्त अध्यक्ष पुनले पदभार ग्रहण गरेका हुन् । निवर्तमान अध्यक्ष प्रहलाद लखेर, सहरी विकास डिभिजन कार्यालयका प्रमुख, डिई सुनिल कुमार ठाकुर, इन्जिनियर होमनाथ भुसाल, पूर्व अध्यक्ष विजय कुमार गुप्त लगायतले विभिन्न सुझाव सहित अध्यक्ष पुनको स्वागत गरे ।
नेकपा माओवादी केन्द्रका नेपालगन्ज नगर अध्यक्ष गोपाल पुनलाई मन्त्री स्तरीय निर्णयबाट नगर विकास समितिको अध्यक्ष नियुक्त गरिएको हो । ‘वाटरपार्कको पूर्णता पनि मेरो जिम्मेवारी हो’, अध्यक्ष पुनले ठेक्का प्रक्रियामा काम अघि बढिसकेको जानकारी दिंदै भने, ‘त्यससगै नेपालगन्जमा वाटरपार्क जस्तै अर्को वैकल्पिक बस्तीको आवश्यकता परिपूर्ति गर्न मेरो कार्यकाल अगाडी बढ्नेछ ।’ नेपालगन्जमा वाटरपार्क र न्यूरोड ल्याण्डपुलिङ्ग सिष्टमबाट विकास गरिएका परियोजना हुन् । अध्यक्ष पुनले आफुले पदभारस“गै काम अगाडी बढाइसकेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया