आज जिसस बाकेमा मनोनयन

जिल्ला समन्वय समिति बाँकेको निर्वाचन आगामी बुधबार हुने निर्वाचनका लागि आज बिहीबार मनोनयन हुदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, आज मनोनयन गर्न लागिएको हो ।
गत सोमबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको निर्वाचन अधिकृतको कार्यालयले आज मनोनयन पछि उम्मेदवारहरुका लागि भोलि शुक्रबार निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ । शुक्रबार नै नाम फिर्ताका लागि पनि १२ बजेसम्मको समय तोकिएको छ ।

 
त्यसअघि आइतबार भएको बाँकेको जिल्ला सभाको पहिलो बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति रहने निर्णय गरिसकेको छ । ९ सदस्यीय समितिमा १ प्रमुख, १ उपप्रमुख र ७ सदस्य रहने छन् । ७ सदस्य मध्ये १ दलित तथा अल्पसंख्यक, ६ महिला र ३ अन्यबाट निर्वाचित हुने छन् ।

 
जिल्ला समन्वय समितिका लागि नेपाली काग्रेस, माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादी फोरम बीच गठबन्धन गरिएको छ । ‘नगर कार्यपालिका गठनपूर्व गरिएको चार दलबीचको गठबन्धन कायमै छ’, नेपाली काग्रेस
बाकेकी सभापति किरण कोइरालाले भनिन् । उनका अनुसार, जिससमा फोरमको संयोजक र दुई सदस्य, काग्रेस सहसंयोजक र ३ सदस्य, माओवादी र राप्रपालाई १÷१ सदस्य सहमति गरिसकिएको छ ।

 
सम्बद्ध स्रोतका अनुसार, फोरमले संयोजकमा अजय श्रीवास्तवलाई अघि सार्ने निश्चित प्रायः छ । नेपाली काग्रेसले भने मनोनयनको अघिल्लो दिनसम्म निर्णय गर्न सकेको छैन । ‘धेरै जना दाबेदार हुनुहुन्छ’, सभापति कोइरालाले भनिन्, ‘बिहीबार बस्ने बैठकले सबै नाम टुंगो लगाउछ ।’ सहसंयोजकमा नेपालगन्ज–२ का धु्रव दाहालले दाबेदारी गरिरहदा अरुको नाम पनि प्रस्ताव गरिएपछि निर्णय हुन रोकिएको सम्बद्ध स्रोतले जनाएको छ ।
१६ सदस्यीय जिल्लासभाबाट ९ सदस्यीय समिति निर्वाचित हुनेछ । सभामा एमालेका ७, नेपाली का“ग्रेसका ६, फोरमका २, राप्रपाको १ मतको प्रतिनिधित्व छ ।

 
एमालेले संयोजकमा डम्मर बहादुर थापा र अतिउल्ला खाको नाम सिफारिस गरेपनि अन्तिम नाम आइसकेको छैन । सहसंयोजकमा कल्पना अधिकारी, देउप्रसाद बुढा र नारायणी वलीको नाम एमालेले सिफारिस गरेको छ । ‘बिहीबार विहानै अन्तिम टुंगो लागेर आउ“छ’, एमाले अध्यक्ष अशोक कोइरालाले भने ।
जिल्ला समन्वय समितिमा उम्मेदवार बन्नका लागि गाउँपालिका तथा नगरपालिकाको गाउँ नगर सभाको सदस्य हुनुपर्ने व्यवस्था रहेको छ । यसैगरी जिल्ला समन्वय समितिको निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।
बाँकेमा १ नगरपालिका मेयर, ३ गाउँपालिका अध्यक्ष र ३ गाउँपालिका उपाध्यक्ष सहित ७ स्थानमा एमालेले जीतेको थियो । कांग्रेसले २ उपमेयर, २ गाउँपालिका अध्यक्ष र २ गाउँपालिका उपाध्यक्ष सहित ६ स्थानमा जीत हात पारेको छ । यसैगरी संघीय फोरमले नरैनापुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जीत हात पारेको छ भने राप्रपाले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा जीतेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया