हतियार देखाएर लुट्ने पक्राउ

राजमार्ग छेउ बसेर नक्कली पेस्तोलको त्रास लुटपाट मच्चाउदै आएको एउटा गिरोहलाई प्रहरीले फन्दामा परेको छ ।

पीडितको विशेष सहयोगमा इलाका प्रहरी कार्यालय कोहलपुरले बुधबार गिरोहका तीन सदस्यलाई पक्राउ गरेको हो । उनीहरु मध्ये मुख्य व्यक्ति अझै फरार रहेको बताइएको छ । कोहलपुर ढकेरी नजिक रोहिणी खोला छेऊ जंगलमा बसेर दिउसै लुटपाट गर्दै आएको आरोप उनीहरु माथि छ ।

‘धेरै समूहसग अवैध असुली र लुटपाट गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो’, इप्रका कोहलपुरका इन्चार्ज डिएसपी सुरेश काफ्लेले भने । राप्तीसोनारी–९ का सुनिल राउत, हिमाल केसी र इश्वर डा“गीलाई प्रहरीले पक्राउ गरेको हो । गिरोहका मोहन वलीलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

सम्बद्ध स्रोतका अनुसार, यसैसाता ढकेरी नजिकैबाट सुनको सिक्री लुटपाट भएपछि प्रहरी सक्रिय भएको हो । ‘उनीहरुले त्यो बाटो भएर हिड्ने पैदल यात्रुदेखि रागा, भैसी ओहोरदोहोर गराउनेहरुस“ग अवैध असुली गर्दै आएको खुलेको छ’, डिएसपी काफ्लेले दैनिक नेपालगन्ज सग भने, ‘लुटपाट र डकैतीका घटनाबारे थप अनुसन्धान भैरहेको छ ।’

उनीहरुसग प्रहरीले नक्कली पेस्तोल पनि बरामद गरेको जनाएको छ । ‘त्यही पेस्तोलको त्रास देखाएर उनीहरुले लुटपाट गरेको देखिन्छ’, डिएसपी काफ्लेले उनीहरु बारे थप अनुसन्धान भैरहेकाले प्राप्त प्रमाणका आधारमा कानुनी कारवाही अगाडी बढाइने जानकारी दिंदै भने ।

(2074-01-13)

 

प्रतिक्रिया

प्रतिक्रिया