जुवाडेको चुनावी भाषण

एकादेसमा एउटा गाँउ  थियो । त्यो गाउ मा सबै थरी मान्छे बस्दथे । आमा, दिदि, बहिनि, भाउजु, बुहारीहरु घरको काम गर्ने गर्दथे । केहि युवाहरु बाहिर बिदेश थिए । बच्चाहरु स्कुल जान्थे । बुढापाका घर रुँगेर बस्दथे । बाकी सबै माल काट्ने ₍तास खेल्ने₎ काम गर्दथे । चोक, चौतरा, घुम्ती ,कोठामा ४ जना भेला भयो कि जुटीहाल्ने त्यो गाउँको चलन थियो ।

गाउमा कसैको घरमा  बिबाह ब्रत बन्ध, रुद्री पुजा, सत्य नारायणको पुजा जे हुदा नि तास खेल्ने चलन थियो । क्रियापुत्री रुग्न बस्दा समेत तास खेलेर मनोरञ्जन लिने गर्थे  ।

प्राय गाउमा तास कै गफ  हुन्थ्यो ।  फलानाले हार्यो । कस्ले जित्यो ? जित्नेले ठुलै ‘गोल्ड मेडल’ ल्याए झैँ डुक्रिदै हिड्ने र हार्नेले ‘रुन्चे’ अनुहार लिएर हिड्ने ।  खेलको दर्शक हुन गाका आसे पासे धुपौरेहरु  चाही  समर्थन/बिरोधमा कुरा गर्थे  । पानाको पन्जा ‘माल’ हो भन्ने कन्र्फम हुदाँहुदै फाल्छ त किन  हार्दैन । मैले दुक्की राख भने कै हो नि । भोटे को सत्ता तान्न नहुने । त्यसको हात चै मान्ने पर्ने, जे सोच्यो तेही काट्ने । फलानाले ‘लोदर’ लगायो हात टेकेर । कसको अनुहार हेरे,  दिन भरि माल आएन ।

सरकारले चुनाव घोषणा गर्यो । तास संघको सदस्यहरु  चुनावमा उठे । गाउँपालिका प्रमुख र वडा अध्यक्षमा । उमेद्वार घोसणासभाको दिन भासण गर्नु पर्ने भो ।

तासमा दिमाग लगाउने जुवाडे उम्मेदवारको वाक्य फुरेन पहिले ।  तास खेलेको अनुभब देखाउनु पर्ने भयो ।  दिमाग लगायो र भाषण गर्न लाग्यो ।

म त्यो भाषण सुन्ने थोरै मध्येको एक दर्शक थिए । मैले तास संघको अध्यक्षका प्रत्याशीको भाषण जस्ताको तस्तै यहाँ प्रस्तुत गर्दैछु ।

बिपक्षीले भन्यो रे, म कमजोर छु । ‘एक्का’ गोजीमा हालेर हिड्ने ‘बास्सा’ हुँ म। रानीलाइ कब्जामा लिन सक्छु ।  यो गाउँको जाली, फटाहा, सामन्तलाई ‘गुलाम’ बनाउन सक्छु । दास बनाउन सक्छु । मेरो लागि यो नौलो हैन आँट गरे मात्र पुग्छ ।

तालि बज्यो  । उत्साहित हुदै उ अगाडी बोल्यो ।

मलाई आरोप लगाएका छन्, ‘सत्ता’ चोर भनेर,  सत्ताको लोभी ‘छक्का’ हुन्छ । मसँग त मेरै ‘पन्जा’ को   तागत
छ ।

भट्टीको चुलो, चौकामा मेरो कुरा काट्न थालेका छन् । त्यस्ता कुरा काट्ने लाई म तुर्क्याई दिन सक्छु  ।

हाम्रा बिपक्षी भनेका दुक्की हो दिमाग नचलेको बेला फालिन्छ  ।

अर्को आरोप नि लगाए रे तिन ‘पुतली’ संगै राख्छ रे । मैले बिपक्षी लाई भन्ने पर्ने हुन्छ म संग पहिला नै बिबाहित हुँ, मलाई किन चाहियो पुतली ।

म ‘माल काट्ने’मा हैन, विकास गर्नुमा विश्वास राख्छु । विकासको ‘रन’ बर्षा गरिदिन्छु । त्यो पनि ‘डबल रन’ ।

म भ्रस्टाचारको शख्त विरोधी हुँ । तिनको छक्का छुटाउने छु । सिस्टम नै ‘सिक्वेन्स’ जस्तो बनाउने छु ताकि जनताले सजिलै सेवा पाउन् । हाम्रो गाँउलार्इ ‘टनेला’ झैं एकै किसिमको बनाउने छु ।

म तपार्इको ‘जोडि अल्टर’ हुन चाहन्छु । सबैको जिन्दगीमा म्यारीज परोस् । जय होस् ।

(चुनाव कस्ले जित्ला ? गम्दै म बाटो लागें । तपार्इलार्इ थाहा भए भन्नुस है । )

प्रतिक्रिया

प्रतिक्रिया