यस्तो छ दोस्रो चरणको निर्वाचन कार्यक्रम

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि तालिका सार्वजनिक गरेको छ । आयोगले आज मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

आयागले उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएको सो दलको पदाधिकारीको नाम, थर, पद र दस्तखत नमूना आयोगमा पेश गर्न दुई दिन समय समेत बढाएको छ ।

प्रदेश नं. ३, ४ र ६ मा मिति २०७४।१।३१ तथा प्रदेश नं. १, २, ५ र ७ मा मिति २०७४।२।३१ मा गरी दुई चरणमा स्थानीय तहको निर्वाचन हुने गरी आयोगको परामर्शमा नेपाल सरकारबाट निर्णय भएपछि दोस्रो चरणको
मनोनयन पत्र दर्ता गर्ने मिति पत्र दर्ता गर्ने मिति २०७४।१।१९ तोकेको छ ।

स्थानीय तहको निर्वाचनमा भाग लिन जिल्लागत विवरण पेश गरी दलको तर्फबाट उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएको दलको पदाधिकारीको नाम, थर, पद र दस्तखत नमूना यस आयोगमा पेश गर्न छुट भएका राजनीतिक दलहरुलाई बैशाख १३ गतेसम्म दर्ता गर्न सक्ने समय सीमा बढाएको हो ।

 

प्रतिक्रिया

प्रतिक्रिया