‘रमाजानमा निर्वाचन उपयुक्त हैन’

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बाँकेले रमाजानको पवित्र महिनामा मुस्लिम समुदायको बेवास्ता गरी दोश्रो चरणको स्थानीय तह निर्वाचन जेठ ३१ गतेको निर्वाचन गर्ने कुरामा सम्झौता नगरेको दावी गरेको छ ।

मोर्चाले निर्वाचन संविधान संशोधन भए पछि गर्न र असोजरकात्र्तिक महिना उपयुक्त हुने बताएको छ ।

उसले जेठ ३१ गतेको दोश्रो चरणको स्थानीय तहको निर्वाचन गराउने सम्बन्धमा कुनै समझदारी नरहेको पनि बताएको छ ।  साथै मिति तोक्न क्षेत्राधिकार नेपाल सरकारको हो भनेको छ ।

मोर्चाका बाँके संयोजक बिजय कुमार गुप्तद्धारा हस्ताक्षरित विज्ञप्तीमा संविधान संशोधनद्धारा माग पुरा नभए सम्म आन्दोलन जारी रहेको बताइएको छ ।

मोर्चाले नेता कार्यकर्ताका मुद्दा खारेजी र जमील खाँलाई सहिद घोषणा र क्षतिपुर्ति दिन समेत माग गरिएको
छ ।

प्रतिक्रिया

प्रतिक्रिया