सहादतको त्यो दिन

(शब्द/तस्वीर विशाल रानामगर)

‘ओई त्यो समातेर फाल’ म सँगै जोडिएर भिडियो खिच्दै गरेको पत्रकार दाई प्रेम केसीले मलाई हपार्दै भने ।
२०६३ साल बैशाख ५ गतेको मध्यान्ह गर्मीमा हामी नेपालगन्ज न्यूरोडको कुनै होटलको छतमा बसेर आन्दोलनको समाचार संकलन गर्दै थियौैं ।

आन्दोलनकारीलाई धपाउन प्रहरीले हानेको अश्रृग्यासको सेल हामी बसेको छतमा आएर खसेपछि प्रेमदाईले मलाई त्यसरी हकारेका थिए ।

कासन स्टाइलमा बसेर फोटो खिचिरहेका हामी जुरुक्क उठ्यौं र मैले हामी पछाडी खसेको अश्रृग्यासको सेललाई तल फाले । हात पोलेको त थाहा पाइन तर आँखा पिरो भएर हेर्न मिलेको थिए । आँखाबाट आँसु झरिरहेको
थियो ।

तत्काल होटलका साहुजी एक किलो जति प्याज बोकेर आए । ‘ल ल यो प्याज चपाउनुस अनि आँखामा
लगाउनुस ।’ हामीले उनिले भने जसरी गर्यौं र थाहा भयो अश्रृग्यासको असर छल्न प्याज चपाउनु र आँखामा दल्नु उपयुक्त उपाय रैछ ।

केही बेर पछि आन्दोलनकारीहरुले तत्कालिन ज्ञानेन्द चोक ढाले, सशस्त्रको जीप जलाए र सोही क्रममा अश्रृग्याँसको सेल लागेर सेतु वि.क.को घाईते भईन र उपचारको क्रममा उनि शहिद भयो । अनि चोकको नाम ज्ञानेन्द्रबाट शहिद सेतु विकमा परिणत भयो । त्यही दिनको सम्झनामा मैले खिचेका केही फोटोहरु । पछि रिकोभर गरिएको भएकाले क्वालिटि भने कम छ ।

प्रतिक्रिया

प्रतिक्रिया