एमाले बाँकेका उम्मेदवार ‘फाइनल’

नेकपा एमाले बाँकेले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।

प्रदेश कमिटिको शनिबार भएको बैठकले नेपालगन्ज उमहानगपालिका बाहेकको उम्मेदवारी टुंगो लगाएको हो ।
एमाले बाँकेले कोहलपुरमा प्रमुखका लागि लुट बहादुर रावत र उपप्रमुखका लागि कृष्णा कुमारी चौधरी, बैजनाथ गाउँपालिकामा प्रमुखमा मानबहादुर रुचाल र उपप्रमुखमा शारदा विकलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेशक कमिटिका सचिवालय सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।

त्यस्तै, खजुरा गाउँपालिका प्रमुख किस्मत कक्षपति र उपप्रमुखमा एकमाया विक, डुडुवा गाउँपालिकामामा सकिल अहमद खाँ र उपप्रमुखमा कृष्णावति पाण्डे, राप्तीसोनारी प्रमुखमा तुल्सीराम थारु र उपप्रमुखमा चमेली बागबल, जानकी गाउँपालिकामा रामनिवास यादव र उपप्रमुखमा भूमिसरा धिताललाई उम्मेदवार बनाउने निर्णय प्रदेश कमिटिले गरेको हो ।

नरैनापुर गाउँपालिकामा विक्रम यादव र उपप्रमुखमा सुनितादेवी यादवलाई उम्मेदवार बनाउने निर्णय प्रदेश कमिटिले गरेको सचिवालय सदस्य खिमलाल भट्टराईले नेपालगन्जन्यूजलाई जानकारी दिएका हुन् ।
एमाले बाँकेले नेपालगन्ज उपमहानगरपालिकाको उम्मेदवारी पनि छिट्टै टुग्याउने जानकारी गराएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया