अझै बुझाइएन हतियार

जिल्ला प्रशासन कार्यालय बा“केले दोस्रो पटक हतियार बुझाउन जारी गरेको सूचनाको पुनः अटेरी गरिएको छ । पहिलो पटक सूचना जारी गर्दा ५ वटा मात्र हतियार संकलन भएपछि प्रशासनले दोस्रो पटक सूचना जारी गरेको
थियो ।

स्थानीय तहको निर्वाचन घोषणा भएपछि प्रशासनले लाइसेन्स वाला हतियार प्रहरीलाई बुझाउन सूचना जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय बाँकेको अभिलेख अनुसार, जिल्लामा ३ सय भरुवा बन्दुक र ५ सय ३४ वटा बाराबोर रहेको छ ।

जिल्लामा पेस्तोल ७ वटा, बाराबोर एक नाले १७७, २ नाले २४१, राइफल ८८, एरगन ३, ३२ बोर ३ थान रहेको छ । जसमा सर्टगन २ थान, १६ बोर राइफल ४ थान हतियार छ ।

‘बैशाख ५ सम्म ३२ वटा मात्र हतियार संकलन भएको छ’, बा“केका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले दैनिक नेपालगन्जस“ग भने । गृह मन्त्रालयले बैशाख १५ गतेसम्म हतियार बुझाउन सूचना जारी गरेको जानकारी दिंदै उनले भने, ‘त्यस अवधीसम्म पनि नबुझाउनेलाई कारवाही गरिनेछ ।’

‘बैशाख १५ सम्म हतियार प्रहरीलाई बुझाउन सकिनेछ’, प्रजिअ पन्थले भने, ‘प्रहरीले घरमै पुगेर पनि हतियार संकलन गरिरहेका छन् ।’

प्रतिक्रिया

प्रतिक्रिया