आजबाट भर्ना अभियान

‘हामी सबैको इच्छा, अनिवार्य, निशुल्क र आधारभूत शिक्षा’

बाल विकासदेखि कक्षा १० सम्मका बालबालिकालाई स्कुलमा मुस्कान सहित विद्यार्थी स्वागत तथा विद्यार्थी भर्ना तथा विद्यार्थी टिकाउ अभियान शुरु भएको छ ।
अभियानमा ‘हामी सबैको इच्छा, अनिवार्य, निशुल्क र आधारभूत शिक्षा’ भन्ने मूल नारा तोकिएको छ । अभियान अवधिमा स्कुलमा भर्ना हुन आउने बालबालिकालाई मुस्कान सहित स्वागत गरिने छ ।
आधारभूत शिक्षा अनिवार्य हुने संविधानमा नै उल्लेख गरिएकाले समेत यसपटकको भर्ना अभियान महत्वपुर्ण रहेको छ ।
अभियानले अभिभावकहरुमा सचेतना बढेको बताउछन् जिल्ला शिक्षा कार्यालय बाँकेका अधिकारी ।

अभियानमा विद्यालय व्यवस्थापन, शिक्षक, अभिभावक, बाल क्लब, सामाजिक सघसंस्थाहरुको सहभागिता रहने छ ।

प्रतिक्रिया

प्रतिक्रिया