अछरी पोखरेल

आगामी बैशाख ३१गते हुने स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने ? कस्ता व्यक्तिलाई मतदान गर्ने ? कुन पार्टीले मेयर उपमेयर कस्लाइ बनाउछ ? कुन वडा बाट अध्यक्ष र सदस्यमा को को उम्मेदवार हुदैछन् ? त्यसमा महिला कति ? मधेशी दलित अल्पसंख्यक कति ? र कहाबाट ल्याउने ? जस्ता प्रश्न र जिज्ञासाहरु प्रत्येक टोल टोलमा र चिया पसलमा हुने गरेका छन् । कस्ता व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने पनि छलफल र बहशको विषय बनेको छ ।

यसको साथै मतदान कसरी गर्ने र कस्ता व्यक्तिलाइ मतदान गर्ने भन्ने कुराको पनि मतदातालाइ जानकारी हुन जरुरी छ । मतदान कसरी गर्ने ? के गर्दा मत सदर हुन्छ र कसरी मतदान गर्दा मत बदर हु्न्छ भन्ने कुराको ज्ञान मतदातालाइ हुन जरुरी छ ।

त्यसकारण प्रत्येक टोलटोलमा पुगेर मतदाता शिक्षा संचालन गर्न जरुरी छ । ३ फिट लामो मतामत्रमा ७ ठाउँमा मतदान गर्नु पर्ने हुन्छ । यदि कोहिले ७ को ठाउँमा ८ गरेपनि त्यो मतपत्र रद्द हुन सक्छ । ७ जनालइ मतदान गर्नु पर्नेमा ५ वा ६ मात्र भयो भने पनि कोहि व्यक्तिको मत घट्न हुन्छ ।

मतपत्रको पहिलो नाइनमा प्रमुख वा अध्यक्ष पदको लागि मतदान गर्ने, दोस्रोमा उपाध्यक्ष वा उपप्रमुखलाइ मतदान गर्ने, तेस्रोमा वडा अध्यक्षको लागि स्वस्तिक छाप हानी मतदान गर्ने, चौथोमा महिला वडा सदस्यको लागि मतदान गर्ने,पाचौमा दलित अल्पसंख्यक महिलाको निम्ति मतदान गर्ने,छैठौ र सातौ ठाडो वा तेस्रो लाइनमा रहेको निर्वाचन चिन्हमा मात्र स्वस्तिक छाप लगाइ २जना वडा सदस्यलाई मतदान गर्नु पर्दछ ।

यसरी जम्मा ७ स्थानमा स्वस्तीक छाप लगाउनु पर्ने हुन्छ । यी सबै कुराको ज्ञान नभएर कुनै पनि म तबदर भयो भने जित्ने व्यक्तिले हार्न सक्छ हार्ने व्यक्तिले जित्न सक्छ । र पार्टिप्रति बफादार, इमान्दार नौतिकवान, निष्ठावान, कर्तव्यप्रति बफादार, इमान्दार, विकास प्रेमी, जनसेवी आदि गुण भएका व्यक्ति छुट्न सक्छन ।

त्यसकारण प्रत्येक मतदाताले मतदान केन्द्रमा जानु पुर्व अपनाउनु पर्ने सावधानी अपनाउन जरुरी छ । मतदान केन्दमा जा“दा छुटाउनै नहुने सामाग्री भनेको मतदाता परिचय पत्र हो ।

कुरा यतिमा मात्र सीमित हुदैन मतदाता र उम्मेदवार विच आर्थिक पनि जोडिएको हुन्छ । चुनाव जित्न पैसा चाहिन्छ भन्ने पनि गरीन्छ । तर पैसाको दुरुपयोग गर्नु व्यक्ति वा पार्टी कोहीको निम्ति पनि राम्रो कुरा होइन । विभिन्न कारणले गर्दा महिला नेतृत्वमा आउने नसक्ने भएका कारण प्रत्येक वडामा २ जना महिला अनिवार्य र प्रमुख वा उप प्रमुखमा महिला भनेको छ यसले गर्दा पनि देशभरीबाट कम्तिमा १३ हजार ८सय २७जना महिला एकैपटक स्थानिय तहको नेतृत्वदायी भुमिकामा आउने भएका छन् ।

कता कता त महिला उम्मेदवार कहाँबाट ल्याउने भनि हल्लीखल्ली पनि मच्चिएको छ । महिला नेता नभएर हो या पितृसत्तात्मक सोचका कारण महिलालाइ नेता मान्न नसकेर हो विश्लेषण गर्न जरुरी छ ।

प्रत्येक वडामा २जना महिला उम्मेदवार उठाउनु पार्ने संविधानमा व्यवस्था गरिएको छ । यसैगरी गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख महिला हुने भनिएको छ । पितृसत्तात्मक सोचले ग्रस्त हाम्रो मुलुकमा महिलाको नेतृत्व सहज स्वीकार गरिदैन । त्यसकारण महिला उम्मेदवार कहाँबाट ल्याउने भनि हल्लीखल्ली मच्चिएको छ । विगतमा भने हरेक क्षेत्रमा प्रमुख वा उपप्रमुख पद महिलालाइ दिइदैनथ्यो ।

महिलाले पाउने भनेको कोषाध्यक्ष वा सदस्य मात्र हुन्थ्यो । पतिसंगसति जानु पर्ने प्रथाको अन्त्य गर्दै यो अवस्थासम्म आइपुग्दा महिलाले राष्ट्रपति, सभामुख, न्यायधिश जस्ता प्रमुख पदमा बसेर राम्रो काम गरिरहेका छन् । अवसर जिम्मेवारी पाए भने पक्का पनि महिलाले इमान्दारीताका साथ काम गरेर देखाउने छन् । महिलालाई नेतृत्वमा ल्याउने नीति बन्नु पक्का पनि राम्रो कुरा हो ।

महिला स्वयंले पनि आफुलाइ अपडेट गर्ने समयअनुसार परिवर्तत गर्ने, जिम्मेवारी लिने र पुरा गर्ने, नेतृत्व लिइ सकेपछि इमान्दरीका साथ पुरा गरेर देखाउनु पर्दछ । स्थानिय तहको निर्वाचनमा महिला नेता उत्पादन गर्नुले समाजमा सकारात्मक परिवर्तन ल्याउने छ । एक प्रतिवेदन अनुसार स्थानिय तहमा ७ सय ४४ इकाइ छन् । जसमध्ये २ सय १७ नगरपालिका र ५ सय ८२ गाउँ पालिका छन् । तिनका ६हजार ५सय५४ वडा समिति
छन् ।

गाउँपालीका वा नगरपालिका प्रमुख वा उपप्रमुखमा ७ सय ११ (सम्भावित) वडा सदस्य १३ हजार १ सय८गाउँपालिका कार्यसमितिमा २ हजार ३ सय४८र नगरपालिका कार्यसमितिमा १हजार ८५जना महिलाको अनिवार्य उपस्थिति रहने छन् । ७ सय ४४ स्थानिय तहमा १ हजार ५ सय ५४ वडा छन् । प्रत्येक वडामा २ जना महिलाले उम्मेदवारी दिनु पर्दछ । ६हजार ५सय ५४ दलित वा अल्पसंख्यकको सुचिमा रहेका महिला वा अल्पसंख्यक महिला नेता बन्न पाउने छन् ।

अब प्रश्न उठ्ने गरेको छ महिला उम्मेदवार छैनन् कहाँबाट ल्याउने ? महिला उम्मेदवार छनौट गर्नको निम्ति कार्यविधि र प्रकृयामा जानु पर्दछ महिला उम्मेदवार नभएका होइनन् सजिलै महिला नेता खोज्न सकिन्छ ।

विभिन्न गैरसरकारी क्षेत्रमा बसेर नेतृत्वदायी भुमिका निभाएका महिला, बन उपभोक्ता महासंघमा बसेर भुमिका निभाएका महिला, पार्टीको वडा, क्षेत्र, जिल्ला, अन्चल,केन्द्र लगायत विभिन्न कमिटिमा बसेर नेतृत्वदायी भुमिका निभाएका महिला,समाजसेवा गर्दै नेतृत्वदायी भुमिका निभाएका महिला, विभिन्न संचारमाध्यम, सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, स्वास्थ्य, क्षेत्र, युवा, विद्यार्थीको क्षेत्रमा नेतृत्व दायी भुमिका निभाएका महिला लगायत विभिन्न निकायमा नेतृत्वदायी भुमिका निभाएर काम गर्दै आएका महिलाको सुचि सबै पार्टिहरुले तयार गर्न जरुरी छ ।

ख्याल राख्नुपर्ने कुरा एउटै छ उम्मेदवार हुनु पुर्व कुनै पनि राजनीतिक पार्टीको पार्टी सदस्य भएकै हुनु पर्ने छ पार्टी सदस्य नभएको महिलाले पार्टीको तर्फबाट चुनाब लड्न पाउदैनन् । स्वतन्त्र रहेर चुनाब लड्दा चुनाब जित्ने आधार कमै मात्रमा हुने गर्दछ । विभिन्न राजनीतिक पार्टीमा महिलाको सदस्य संख्या कति छ ? कुन कुन महिला अनुभवी पुराना र यो यहानेर प्रश्न उठाउन जरुरी छ ।

पुरुषको तुलनामा सबै राजनीतिक पार्टीहरुमा महिला सदस्य संख्या कम रहेको तथ्यांक
छ । त्यसकारण राजनीति पार्टीहरुले महिलाको पार्टी सदस्यता पनि बढाउन जरुरी छ । महिला स्वय.पनि चासोराखेर अगाडि बढ्नु पर्दछ ।

राजनीतिक पार्टीमा पुराना र काम गर्दै अनुभव संगालेका महिलाको मुल्यांकन गर्दै नयाँ युवा विद्यार्थी, विभिन्न संघसस्थामा बसेर समाजसेवा गरेर लामो अनुभव संगालेका महिला,स्वयंसेविका महिला,बन समितिमा बसेर काम गरेका महिला,उद्योगी व्यापारी क्षेत्रमा नेतृत्व लिएका महिला,संचार जगतमा नेतृत्व लिएका महिला लगायतका महिलालाई टोल टोलमा पुगेर नाम संकलन गरी छनौट गर्न जरुरी छ ।

विभिन्न संघसंस्थामा बसेर आफ्नो पहिचान बनाइसकेका महिला समाजका धेरै मान्छेले चिनेका हुन्छन् । उनको काम गर्ने शैली र आनीबानीका बारेमा धेरैलाइ जानकारी हुने मानिसले विश्वास गर्ने हुदा जिताउन सजिलो हुन्छ ।

तसर्थ मतदाता केन्द्रमा जादा मतपत्र कस्ता हुन्छन, कति ठाउँमा मत खसाल्नु पर्दछ, मतदान कसरी गर्ने,मत पत्र कसरी पट्याउने , कुन कुन उम्मेदवारलाइ भोट कसरी दिने हो जस्ता कुराको जानकारी लिएर गएमा मतदान केन्द्रमा पुगेर मत खसाल्ने बेलमा कसरी मतदान गर्ने होला भन्ने समस्या पर्ने छैन ।

साथै सम्पूर्ण पाठक वर्गमा नयाँ बर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना दिदै आगामि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न आउनको निम्ति निम्तो छ ।

प्रतिक्रिया

प्रतिक्रिया