छि ! कस्तो फोहर
स्कुलको परिक्षा सकिए पछि नेपालगन्ज शहरका सार्वजनिक ट्वाइलटे कस्ता रहेछन् भनेर हेर्न निस्के २ विद्यार्थी समावेशी स्कुलबाट भर्खरै एसइइ परिक्षा दिएका याम गिरी र किरण प्रकाश वली ।
भनिन्छ, घर भन्दा पहिला ट्वाइलेट हेर्नुपर्छ त्यो घर कति सफा छ जान्न ।
सरसफाइ गर्नु पर्छ भनेर उनीहरुले स्कुलबाटै सिकेको ।
स्कुलमा सर मेडमले हामीलाई यस्तै सिकाउदै आउनु भएको थियो । घरमा पनि सधैं सरसफाइ गर्नुपर्छ भनेर अभिभावकहरुले भन्ने गरेको उनीहरु बताउँछन् ।
उनीहरु जहाँ पुगे । त्यहाँका फोटो लिए । ति फोटोहरुले हाम्रो शहरको सार्वजनिक ट्वाइलेटको दुर्दशालाई जनाउँछ ।
सबैभन्दा पहिला उनीहरु नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय गए । सूचना अधिकृतसंग सार्वजनिक ट्वाइलेटको ‘लोकेसन’ पत्ता लगाए ।
ट्वाइलेट अनुगमनको शुरुवात उपमहानगरपालिकाको ट्वाइलेट बाट गरे । ट्वाइलेटको अगाडि धारा थियो । तर , ट्वाइलेटको प्यान वर्षौ देखि हरपिकको पर्खाइमा बसे झैं लाग्थ्यो ।
अर्को गन्तव्य विपि चोकमा रहेको ट्वाइलेट थियो । याम र प्रकाशले बताए अनुसार त्यो ट्वाइलेट ठेक्कामा चलाउन दिइएको थियो । पिसाब फेर्न र दिसा गर्न जाँदा त्यहाँ पैसा तिर्नुपर्दथ्यो । तर, सफाई चाहि शुन्य थियो । अव्यवस्थित र फोहरी थियो ट्वाइलेट ।
दिनुहँ सयौं सेवाग्राहि र विरामीले प्रयोग गर्ने भेरी अञ्चल अस्पतालको ट्वाइलेटको हाल देखेर त ति विद्यार्थी छक्क परे । जहाँ विरामी सन्चो हुने आसाले आउँछन्, ट्वाइलेटको प्रयोगले त झन् विरामी पर्लान् जस्तो लाग्छ
उनीहरुलाई ।
न ट्वाइलेटमा पानीको व्यवस्था थियो । न साबुन नै । भित्र पस्नासाथ हवास्स गन्हाउथ्यो ट्वाइलेट ।
याम र प्रकाशकिरणले महेन्द्र पार्क, सल्यानी बंगला, बसपार्क लगायतका ठाउँहरुमा रहेका सार्वजनिक ट्वाइलेटहरुको अनुगमन गरे । फोटो खिचे ।
यस्ता फोहर भरिएका ट्वाइलेटमा मानिसहरुले कसरी दिसा पिसाब गर्दा होलान् ? फोहर र दुर्गन्धित ट्वाइलेटलाई सफा बनाउने जिम्मेवारी कस्को हो ? यिनै प्रश्नहरु मनमा गम्दै यि दुई किशोरको सार्वजनिक ट्वाइलेट यात्रा अन्त्य गरे ।
हेरौं दुई किशोरले लिएका नेपालगन्जका सार्वजनिक ट्वाईलेटको दुर्दशा ।
(तस्वीर : याम गिरि र किरण प्रकाश ओली)