ढुक्क हुनुस्, तपाईको मतको सुरक्षा गर्नेछौं

स्थानीय चुनाव

आफ्नो अधिकारको प्रयोग गर्न पाउने अवस्था हो चुनाव । करिब २० वर्षपछि जनप्रतिनिधिहरुले सरकार चलाउन पाउने अवस्था आएको छ । यो चुनावले स्थानीय तहमा  सरकार संचालनको म्यान्डेट दिन्छ । यो खुशीको कुरा हो जनताका लागि ।

जनतालाई खुशी बनाउन हामीले सुरक्षा दिने हो । ढुक्क भएर मताधिकार प्रयोग गर्न म सबै बाँकेबासी मतदातालाई अपिल गर्दछु  ।

उत्साहित भएर मतदान प्रक्रियामा सहभागि बन्नुस । कर्तव्यलाई नभुलि अधिकारको प्रयोग गर्नुस् ।

जुनसुकै शासन सत्ता जनप्रतिनिधि कि आर्मीले चलाउने गर्छन् । यहाँ कर्मचारीले चलायो २ दशक सम्म । यो हाम्रो विशिष्ट अवस्था हो ।

चुनावको सुरक्षा रणनीति

आगामी निर्वाचनका लागि हाम्रो केन्द्रिय निर्देशिका छ । क्षेत्रीय सुरक्षा समितिको गाइडलाइन छ । बाँकेको पनि जिल्ला स्तरको बनिसकेको छ । र यो कार्यान्वयनमा गैसकेको छ ।

बाँके जिल्लाको आप्mनै विविधता छ । यहाँ धार्मिक, भौगोलिक विविधता छ । खुल्ला सीमाना करिब ७० किमिको छ । सबै वस्तुगत अवस्थालाई हेरेर जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति बनाएको छ । सुरक्षा समितीमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाको सहभागिता रहेको हुन्छ ।

नेपाल प्रहरी सुरक्षाको फ्रन्टलाइनर हो । हाम्रो सांगठनिक संरचना बाँकेका प्रत्येक गाँउ तहसम्म रहेको छ । बाँकेमा एक प्रहरी बराबर ५ सय ४० जनसंख्या रहेको छ । एक प्रहरीको भौगोलिक कार्यक्षेत्र २.५७ वर्ग किमि पर्दछ । प्रत्येक चौकिमा ७ देखि ९ जनासम्मको दरबन्दि रहेको छ ।

गाउँगाउँमा फरक फरक अवस्था छ । बाँके जिल्लाको धनौली र भोजभगवानपुरको विशिष्टता फरक छ । हामीले सानो सानो चिज केलाएका छौं । ताकि सुरक्षामा कहि कतै ‘चुक’ नहोस् । अर्थात म दावा गर्न सक्छु, ‘अप्टिमम’ क्षमताको प्रयोग गरिरहेका छौं ।

हामीले यसै आर्थिक वर्षको शुरुमा वार्षिक कार्ययोजना सार्वजनिक गरिसकेका छौं । सोहि कार्ययोजना अन्तर्गत कामहरु गरिरहेका छौं । यसका सकारात्मक परिणामहरु आइरहेका छन् । यसको आधारमा पनि हामी भन्न सक्छौं कि हामीले आगामी निर्वाचनका लागि बनाएका सुरक्षा योजनाहरुको कार्यान्वयनले चुस्त दुरुस्त अवस्था बनाउन मद्दत गर्दछ ।

जस्तो कि सुरक्षा फरक फरक अवस्थामा फरक फरक हुने गर्छ । चाडबाडमा केन्द्रित हुदा यातायातको चुस्त व्यवस्थापन, जुवातासको नियन्त्रणले प्राथमिकता पाउने गर्दछ ।

हामीले जिल्ला भरिका चौकि र इप्रका सम्मको कमान्डरसंग छलफल गरेका छौं ।

मतदान केन्द्र को अवस्था, गाढि जाने बाटो कस्तो छ, राजनीतिक दलको सम्वन्ध, खुल्ला सिमाना कस्तो छ ? स्थानीय तहमा भारतीय समकक्षीसंग सम्वन्ध कस्तो छ ? सानो सानो इण्डिकेटरबाट सुरक्षा अवस्थालाई हेरेका छौं ।

प्रहरी जनताको साथी

निर्वाचन सुरक्षाका लागि हाम्रो युनिटले जनतासंग नजिक भएर छलफल गर्ने छ । प्रहरी वडातहमा परिचालन हुन्छ । स्थानीय  क्लब, बालबालिका क्लब, सामाजीक अभियन्ताहरु , पूर्व जनपतिनिधी संग भेट्ने, राजनीतिक पार्टिसंग सम्वन्ध बनाउने गरि पहिलो चरणमा ‘ रयापोर्ट विल्डिंग’ गर्ने हो ।

७ जना प्रहरीले गर्ने भनेकै जनता संगै हुने हो । अबको आधुनिक पुलिसिगमा बन्दुकलाई प्राथमिकता दिइदैन ।

चुनावको सुरक्षाका लागि तीन चरणको फरक फरक सुरक्षा योजना बनाईएको छ । निर्वाचन पहिलेको अवस्था, निर्वाचनको अवस्था, निर्वाचन पछिको अवस्थाका आधारमा कुन चरणमा कस्तो सुरक्षा भन्ने योजना बनाइन्छ ।

सबैभन्दा महत्वपुर्ण कुरा सूचना संकलन गर्नु हो ।  ८ स्थानीय तहमा नै हामीले सूचना संकलन गरिरहेका छौं । सीमाका काउन्टर पार्टसंग सम्वन्ध बढाइरहेका छौं । समन्वय गरिरहेका छौं ।

प्रत्येक मतदान केन्द्रको विपद्को अवस्था विश्लेषण, हेलिप्याठको अवस्था, मोटरबाटोको अवस्थाको विश्लेषण गरिएको छ ।

सबै मतदान केन्द्रलाइ क्याटोगोराइज गरिसकेका छौं । अति सम्बेदनशिल, सम्बेदनशिल र सामान्य गरेर प्राथमिकता दिईएको छ ।

म्यादी प्रहरी नियुक्ति

हाम्रो जनशक्ति अपुग हुने भएकोले म्यादी प्रहरी नियुक्ति हुने गर्छ निर्वाचनको समयमा । म्यादी प्रहरी हाम्रा प्रहरी जवानको सहयोगी हो ।

बाँकेमा म्यादी प्रहरी १ हजार १ सय २३ चयन गर्ने हो । यसै हप्ता सबैको चयन सकिन्छ । म्यादि प्रहरीको तालिम जिल्ला भरि दिइने छ । यसका लागि कोहलपुर, धनौली, भगवानपुर र बैजापुर लगायतका स्थानहरुमा तालिम स्थल छनौट गरिएको छ ।

म्यादि प्रहरीका लागि करिब ५ हजारले आवेदन दिए । यति धेरैको आवेदनले जिल्लामा रहेको बेरोजगारी समस्यालाई संकेत गर्छ । साधारण लेखपढ योग्यता राखिएकोमा आई ए, विए पास गरेकाहरु समेत आए भर्ना हुन ।

म्यादि प्रहरी नियुक्तिका लागि नेपाल प्रहरीले आफ्नै ‘नम्र्स’ बनाएको छ । हामीले आइए, विए पढेकालाई टार्गेट नै गरेको हैन । सिपाहिलाई सहयोग गर्ने र आदशे मान्ने हो म्यादी प्रहरीको ड्युटि ।

संगठनको प्राथमिकता सुरक्षा बुझेका, अनुशासित पूर्व सेना, पूर्व प्रहरी, पूर्व बनरक्षक हुन् । “यिनीहरु मात्र आएका भए यिनीहरुलाई मात्र म्यादी प्रहरी बनाउने हो ।”

मुख्य चुनौती

निर्वाचनको मुख्य चुनौती केहि छ जस्तो देखिदैन । राजनीतिक दलहरु व्यावसायिक बने भने केहि पनि हुदैन । निर्वाचनको कोड अफ कन्डक्टलाई फलो गर्नु भयो भने कहि पनि चुनौती आउँदैन । राजनीतिक दलहरुले आचारसंहिता भित्र रहेर आफ्ना गतिविधि सञ्चालन गर्नका लागि आह्वान गर्नुपर्छ ।

सिके राउत समुह र विप्लव माओवादीको थ्रेटलाई तह लगाउन सकिन्छ । शसस्त्र समुहहरुको सक्रिय हुन सक्दैनन् ।

सामाजिक अपराध, खुला सीमाना, हातहतियार ओसारपसार, जुवातास, अबैध मुद्राको कारोबार, अपहरण, फिरौती असुल आदि नै चुनौती हुन् ।

यसका लागि चेक जाँच गर्ने नियमित प्रक्रिया छदैछ । आकस्मिक चेक जाँचलाई पनि प्रहरीले तीव्रता दिएको छ ।

राजनीतिक दलहरुसंग चुनावको प्रसंगमा जोडिएर आउने शब्द हो युवा परिचालन । अर्थात गुन्डागर्दि । राई भन्छन्, गुन्डा भनेको गुन्डा नै हो । त्यो कुनै पार्टिको हुदैन ।

गुन्डाहरु माथि निगरानी बढाइएको छ । राजनीतिक दलहरुको आपसमा द्धन्द्ध हुने पहिलो कारण नै गुन्डाहरुको दबदबाको ‘दम’ हो ।

राई थप्छन्, तस्कर, अपराधी र गुन्डाको सहयोगमा चुनाव जित्ने चिन्तन डर्टि पोलिटिक्स हो  । समाजलाई ड्राइभ गर्ने हो राजनीतिले । यीनीहरुको मतले जितेर समाज कहाँ जान्छ  ? भावि पुस्तालाई कस्तो समाज उपहार दिने ? राजनीतिक दलहरुले बेलैमा सोच विचार पुरयाउनु पर्छ ।

(आगामी स्थानीय निर्वाचनका सन्दर्भमा किरण ढकालले बाँके प्रहरी प्रमुख राईसँग गरेको कुराकानी)

प्रतिक्रिया

प्रतिक्रिया