ओहो ! लागु औषधको कारोबार

एक महिना अथवा एक वर्षमा लागुऔषधको कारोवार कति हुन्छ होला ? प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘यसको तथ्याङ्क निकाल्न कठिन छ । र, त्यो तथ्याङ्क कसैसँग छैन् ।’ तर औषतमा वार्षिक लाखौंको कारोवार हुने पूर्वप्रयोगकर्ताको बुझाइ छ ।

बाँकेमा कतिको सङ्ख्यामा लागुऔषध प्रयोगकर्ता होलान ? यसको पनि एकिन तथ्याङ्क कसैसँग छैन तर लागुऔषधका क्षेत्रमा काम गर्ने संघ संस्थाले जनाए अनुसार, कम्तिमा ७ हजार यसको लतमा फँसेका छन ।

लागुऔषध विरुद्धका अभियन्ता अभिराज क्षेत्री भन्छन, ‘जब एउटा व्यक्ति लागुऔषधमा फँस्छ त्यसलाई सामान्य अवस्थामा पनि दैनिक रु ५ सयको डोज आवश्यक पर्छ ।’ यसलाई आधार मान्ने हो भने एउटा दुव्र्यसनीकर्तालाई उसको सामान्य डोजका लागि मासिक १५ हजार रुपैयाँ खर्च हुन्छ । यो हिसावले हेर्ने हो भने कम्तिमा पनि वार्षिक ३० देखि ४० करोडसम्मको लागु औषधको कारोवार हुन्छ ।

अधिकांश लागुऔषध भारतमा उत्पादन हुने भएकाले पारिबाटै आउने गरेको छ । लागुऔषधको बढ्दो कारोवारलाई नियन्त्रणका प्रयास पनि थालिएका छन । त्यसका बाबजुत पनि लागुऔषधको दुव्र्यसनी भयावह बन्दै गएको प्रहरीको तथ्याङ्कले देखाउ“छ । विगत तीन वर्षको तथ्याङ्क केलाउने हो भने वर्सेनी लागुपदार्थ दुव्र्यसनीकर्ता बढ्दो छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७०÷७१ देखि चालू आर्थिक वर्ष ७३÷७४ को असोज ३० गते सोमवारसम्मको तथ्याङ्क हेर्ने हो भने लागुपदार्थ दुव्र्यसनीले ठूलो युवा जमातलाई विशाक्त बनाउँदै लगेको छ ।

चालू आर्थिक वर्षको तीन महिनामा ३१ वटा लागुपदार्थ दुव्र्यसनी सम्वन्धी जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएका छन् । जबकी अघिल्लो आर्थिक वर्ष ७२÷७३ को यो अवधिमा केवल २२ वटा मुद्दामात्र दर्ता भएका थिए । खासगरि १५ देखि ४० वर्षसम्मको कर्मशील युवा जमातलाई लागुपदार्थ दुव्र्यसनीले डुबाउँदै लगेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दाफाँट इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, आर्थिक वर्ष ७०÷७१ मा लागुपदार्थ सम्वन्धी ८८ मुद्दा दर्ता भएका छन । यो अवधिमा १ सय ३६ जनालाई पक्राउ गरिएको छ । त्यसैगरी ७१÷७२ मा ९९ सय मुद्दा दर्ता भएका छन भने १ सय ५१ जनालाई पक्राउ गरिएको तथ्याङ्क छ भने आर्थिक वर्ष ७२÷७३ मा ७८ वटा मुद्दा दर्ता भएकोमा १ सय ८ जनालाई पक्राउ गरिएको छ ।

त्रि–वर्षिय तथ्याङ्कको बिश्लेषण गर्ने हो भने २० देखि २५ वर्ष उमेर समूहका तन्नेरीहरु लागुऔषधको लतमा बढी डुवेका छन । आर्थिक वर्ष ७०÷७१ मा पक्राउ परेका १ सय ३६ मध्ये ३९ जना २० देखि २५ वर्ष उमेरका छन भने आर्थिक वर्ष ७१÷७२ मा १ सय ५१ पक्राउ परेका मध्ये ५५ जना उक्त उमेरका तन्नेरी छन ।

७२÷७३ मा पनि ३६ जना २० देखि २५ वर्ष उमेरकै छन् । ‘दोहोरिएर जेल आउनेको सङ्ख्या पनि धेरै छ उनले भने, ‘अभिभावकसँग आवश्यक समन्वय गरेर उनीहरुलाई सुधारगृहमा राख्ने गरिएको छ ।’ नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र पाँच लाखसम्म जरिवानाको कानुनी प्रावधान छ । जब कि विश्वका धेरै देशमा मृत्युदण्ड सम्मको सजाय छ । ‘जेल हालेर मात्र समस्या समाधान हुँदो रहेन्छ बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राइले भने, ‘यो एउटा रोग भएकाले त्यसै अनुसारको उपचार खोज्नु आवश्यक छ ।’

पछिल्लो समय प्रहरीले बाध्यात्मक परिस्थिति बाहेक पक्राउ गरेर जेल हाल्ने भन्दा पनि काउन्सिलिङ गरेर लागू पदार्थ दुव्र्यसनी नियन्त्रणको पहल थालेको जनाएको छ । नेपालगन्जमा चारवटा सुधारगृह छन । साहारा हाउस, सामना पुनःस्थापना केन्द्र, प्रेरणा र नवकिरण । ति सुधार गृहमा झण्डै डेढ सय बढीको उपचार भइरहेको छ । बालबालिका र युवतिहरु पनि लागुऔषधको लतमा फस्न थालेपछि थप चुनौति बढेर गएको छ ।

पुरुषका लागि सुधारगृह निर्माण भएपनि महिलाका लागि नेपालगन्जमा सुधारगृह छैन । सम्पर्कमा आएका महिलाहरुलाई पोखरा पठाउने गरिएको छ । साहारा हाउसका निर्देशक अभिराज क्षेत्री भन्छन,‘हाम्रो सुधारगृहको सम्पर्कमा आएका ८÷१० जना महिलालाई पोखरा पठाइ सकिएको छ ।’

सुधारगृहमा राखेर उपचार गरिएकाहरु पनि पछि लागुऔषधको दुव्र्यसनीमा पुनरावृत्ति भएको छ । क्षेत्री भन्छन्,‘दुव्र्यसनीको लतमा फँसेकालाई पुरानै अवस्थामा फर्काउन कम्तिमा ६ देखि २४ महिना सम्म लाग्छ तर हामीले दुई तीन महिना मात्र उपचार गर्न पाएका छौं ।

अभिभावकको आर्थिक अवस्थाले थेक्न नसक्ने र दुव्र्यसनीकर्ता पनि बस्न नरुचाउने भएपछि पुनरावृत्ति भएको हो ।’ उनले पुरा अवधि उपचार गर्न सकियो भने दुव्र्यसनीको लतबाट जिवन्त छुटकारा दिलाउन सकिने बताउ“छन् ।

प्रतिक्रिया

प्रतिक्रिया