शर्मा लायन्स गभर्नर निर्वाचित

सामाजिक सेवामा अग्रणी संस्था, लायन्स इन्टरनेशन डिष्ट्रिक ३२५ बी २ को सर्वोच्च पदमा मधुसुदन शर्मा निर्वाचित भएका भएका छन् । आइतबार चितवनमा भएको निर्वाचनमा कुल ५ सय ६ मध्ये ५ सय ३ मत प्राप्त गरी शर्मा डिष्ट्रिक गभर्नर पदमा निर्वाचित भएका हुन् । कुल मत मध्ये २ बदर र एक मत मात्र विपक्षमा परेको बताइएको छ ।

लायन्स क्लब इन्टरनेशनलको डिष्ट्रिक गभर्नर पदमा पुग्ने शर्मा पश्चिमबाट दोस्रो व्यक्तित्व हुन् । यसअघि सेम शाक्यले उक्त पद सम्हालिसकेका छन् । ‘पश्चिम क्षेत्रका लागि यो गौरवको विषय हो’, लायन्सकर्मीहरुले शर्मा गभर्नर चुनिएपछि प्रतिक्रिया दिंदै भनेका छन् ।

नेपालगन्जबाट लायन्स लिडर ज्ञानेन्द्र श्रेष्ठ, मुकुट ढकाल, चिन्तामणि धिताल, टिपि न्यौपाने र नवराज पराजुलीले विभिन्न महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।

प्रथम भिडिजीको जिम्मेवारीमा रहेका लायन बर्ष २०१७÷०१८ का लागि नेतृत्वमा पुगेका हुन् । शर्मा गभर्नर भएपछि सुनिल ओझा प्रथम र अनुप कुमार पहारी द्वितीय भिडिजी चुनिएका छन् । ‘लायनवादको बिस्तारस“गै सामाजिक गतिविधिमा स्वभाविक रुपले लाभ लिनेछ’, नवनिर्वाचित डिष्ट्रिक गभर्नर शर्माले भने ।

प्रतिक्रिया

प्रतिक्रिया