उम्मेदवारको खर्च सीमा तोकियो

तोकियो निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सहभागी हुने उम्मेदवारका लागि शिर्षक सहित खर्च सीमा सहितको विवरण सार्वजनिक गरेको छ ।

यस अन्तर्गत महानगरपालिकाका प्रमुख, उपप्रमुखले ७ लाख ५० हजार, वडा अध्यक्ष र सदस्यहरुले ३ लाख मात्र खर्च गर्न पाउने छन् । यसै गरि उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखले ५ लाख ५० हजार र वडा अध्यक्ष र सदस्यहरुले २ लाख ५० हजार मात्र खर्च सीमा तोकेको छ ।

यसै गरि नगरपालिकामा प्रमुख, उपप्रमुखले ४ लाख ५० हजार र वडा अध्यक्ष र सदस्यहरुले २ लाख खर्च गर्न पाउने छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले ३ लाख ५० हजार र वडा अध्यक्ष र सदस्यहरुले १ लाख ५० हजार मात्र खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

उम्मेदवारहरुले मतदाता नामावली खरिद, सवारी भाडा, इन्धन, प्रचार प्रसार, कार्यकर्ता परिचालन, कार्यालय संचालन तथा प्रतिनिधि परिचालन लगायतका शिर्षकहरुमा मात्र रकम खर्च गर्न पाउने छन् ।

प्रतिक्रिया

प्रतिक्रिया