‘घरमै पुगेर हतियार नियन्त्रण लिन्छौैं’

जिल्ला प्रशासन कार्यालय बाकेले तोकिएको समयभित्र हतियार प्रहरीलाई नबुझाए घरमै पुगेर हतियार नियन्त्रणमा लिने बताएको छ ।

निर्धारित समयमा लाइसेन्स वाला हतियार प्रहरीमा नबुझाइएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हतियार बुझाउने म्याद थप गर्दै सो अवधीसम्म पनि नबुझाए प्रहरी आफै पुगेर हतियार नियन्त्रणमा लिने संकेत गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै चैत्र २४ गते भित्र हतियार प्रहरीलाई बुझाउन समयसीमा निर्धारण गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी केही व्यक्तिले अझै पनि हतियार प्रहरीलाई नबुझाएको भन्दै बैशाख ५ गते भित्र हतियार बनाउन सूचित गरेका हुन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले हतियार रहेका व्यक्तिहरुको रेकर्ड प्रशासनमा हुने भएकाले अब पनि निर्धारित समयमा हतियार नबुझाए घरघर पुगेर प्रहरीले हतियार नियन्त्रण गर्ने जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया