नेपालगन्जमा कुन वडामा कति मतदाता ?

नेपालगन्जको कुल मतदाता संख्या ६२ हजार ३ सय ९६ रहेको निर्वाचन आयोगले जनाएको छ । कुल वडा संख्या २३ रहेको उपमहागनरपालिकामा वडा नं. २० मा ५ हजार २ सय २८ मतदाता रहेका छन् । यो सबैभन्दा धेरै मतदाता रहेको वडा हो । साविकको मनिकापुर गाविस लाई वडा नं. २० कायम गरिएको छ ।

उपमहानदगरपालिकाको सबैभन्दा थोरै मतदाता रहेको वडा वडा नं. २३ हो । यहाँ ६ सय ९ मात्र मतदाता रहेका छन् । साविकको हिरमिनिया गाविस को वडा नं. ७ लाई वडा नं. २३ कायम गरिएको हो । यो वडा जिल्ला कै सबैभन्दा कम मतदाता रहेको वडा पनि हो ।

प्रतिक्रिया

प्रतिक्रिया