‘आठौंको पुर्वाधार प्रयोग र संरक्षण गर्छौ’

नेपालगन्ज : खजुरा गाउँपालिकामा ८६२६ कुल जनसंख्या र १८.३७ वर्ग किलोमिटर क्षेत्रफल रहेको वडा नम्बर दुई खजुरा गाउँपालिकाकै ठूलो वडाको रुपमा रहेको छ ।  ठूलो वडा भएकाले काम तथा भौतिक पुर्वाधार निर्माणका कुरामा चुनौती रहेको यथार्थका बिच वडाले सन्तुलित रुपमा भौतिक पुर्वाधार निर्माणको क्षेत्रमा सन्तोषजनक प्रगती गरेको छ ।

भौतिक पुर्वाधार निर्माणको क्षेत्रमा गत आर्थिक वर्षको केही बाकी सडग निर्माणका कामहरु रहेको भएपनी उक्त कामहरु छिट्टै सक्न निर्देशन दिईसके र भदौ मसान्तसम्ममा सबै कामहरू सकिने खजुरा गाउँपालिका वडा दुईका अध्यक्ष देबिलाल खनाले बताए ।
जसअन्तर , बाबास्थानको राई टोल देखि एल गाउँ हुँदै वडा कार्यलय , वडा कार्यलय देखि पुर्व के गाउँको डाङ्गी चोक हुँदै वडा नम्बर एकको कार्यलय जोड्ने सडक पिचको कार्य अन्तिम चरणमा पुगेको छ । सो सडक पिच गर्ने कार्य यहि भदौ अन्तिममा सक्ने गरि कार्य हुँदै गरेको वडा अध्यक्ष देबिलाल खनालले बताए ।

साथै ,आव ७६/७७ मा खजुरा गाउँपालिका वडा नम्बर दुईले ७० लाख बजेट प्राप्त गरेकोमा जसमध्ये अधिकांश सडग मर्त तथा सडग पुर्वाधार निर्माणमा खर्च गरिने छ । जसमध्ये ४३ लाख रुपैयाको लागतमा सि गाउँको सडग कालोपत्रे गर्ने योजना रहेको र १५ लाख रुपैयाँ विभिन्न सडग मर्मत कार्यमा खर्च गरिने वडा अध्यक्ष खनालले बताउनुभयो ।

त्यस्तै प्रदेश सरकारको बजेटमा यहि आर्थिक वर्षमा निर्माण सुरु गर्ने गरि सत्ताइसधुरी देखि गुम्बाचोक हुँदै खजुरा धनौली इप्रका सम्म ५ करोडको लागतमा सडगको पिच हुने भएको छ । त्यतै प्रदेश सरकारकै लागतमा खजुरा वडा नम्बर दुईमा बलैपुर प्रतीक्षालय देखि पश्चिम मल्ल आरामिल सम्म ५० लाखको बजेटमा सडग कालोपत्रे गरिने भएको छ ।

खजुरा गाउँपालिका वडा २ का अध्यक्ष , देबिलाल खनाल

अर्थिक वर्षको मसान्तसम्म पनि आयोजनाहरु नसकिने परिपाटीको अन्त्य गर्नको लागि यो आवमा संचालन हुने सबै आयोजनाहरु जेष्ठ मसान्त भित्रै सक्ने गरि योजना बन्ने समेत अध्यक्ष खनालले बताउनुभयो ।

आठौं रास्ट्रीय खेलकुदले दिएको भौतिक पुर्वाधार लाई जोगाउन र त्यसको उपयोग गर्नको लागी खजुरा गाउँपालिका वडा नम्बर दुईमा बनेको भलिबल स्टडियमको प्रयोग र संरक्षणको लागी वडाले योजना बनाउदै गरेको समेत अध्यक्षले बताएका छन् ।

आठौंले दिएको भौतिक पुर्वाधार लाई कसरी प्रयोग गर्ने र उक्त भौतिक पुर्वाधार लाई कसरी संरक्षण गर्ने भन्ने कुरामा वडा एकदमै चिन्तित रहेका छौं , अन्यत्र के होला त्यो भन्न सक्दिन तर हाम्रो वडामा रहेको आठौंले दिएको भौतिक पुर्वाधार , खेल मैदानलाई हामीले संरक्षण गर्दै त्यसको उपयिग गरेर वडाको खेलकुदको क्षेत्रमा उल्लेख योगदान दिने कोसिसमा छौ , यो आवमा पनि हामिले खेलकुदको क्षेत्रमा ३ लाख रुपैयाँ बजेट छुट्याइएको छ र विभिन्न क्लब र संघ-संगठन संग समन्वय गरेर खेलकुदको बिकास र हाम्रो वडामा रहेको आठौंको भौतिक पुर्वाधारको सदुपयोग गर्न हामी लाग्ने छौ’ अध्यक्ष खनालले बताए ।

त्यस्तै गत आवको पालिकाको बजेटमा वडा नम्बर दुईले अति विपन्न एकल महिला भद्रकला गिरिको लागि तीन लाख ८८ हजारको लागतमा दुई कोठे घर निर्माण गरेको छ । घर निर्माणको लागि स्थानिय मिना गिरिले जग्गा उपलब्ध गराएका थिए । उता वडाको सरसफाइ अभियान अन्तरगत प्रत्यक सामुदायिक बिधालय तथा संघसंस्था हरुलाई डस्टबिन वितरण गर्ने कार्यक्रम अन्तरगत वडाले बिधालय लाई बिद्यार्थीको चाप हेरि ६ देखि १५ वटा डस्टबिन वितरण केही दिनमै गर्ने योजना समेत रहेको वडा अध्यक्ष खनाले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया