उम्मेदवारी दिन जागिरबाट राजिनामा

भावुक योगी/बर्दिया

स्थानीय तह निर्वाचन नजिकिए संगै जागिरबाट राजिनामा दिएर उम्मेदवारी बन्ने लहर चलिरहकै बेला बर्दियाको एक नगरपालिकामा महिला कर्मचारीको नाम उपमेयर उम्मेदवारका लागि सिफारिस भएपछि ठाकरद्वाराकी विना भट्टराई जागिरबाटै राजिनामा दिएर चुनावमा होमिने तयारी हुनुहुन्छ ।

नगरपालिकामा उपमेयरको चर्चा संगै पहिलो नम्बरमा सिफारिस भएपछि बर्दिया निकुञ्ज नजिक ठाकुरद्धारामा रहेको राष्ट्रिय प्रकृती संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रमको लैङ्गिक विकास सहायक पदको जागीर छाडेर विना भट्टराई ठाकुरबाबा नगरपालिकाको उपमेयर पदका लागि स्थानीय तह निर्वाचनमा होमीने तयारीमा हुनुभएको हो ।

स्थानीय तह निर्वाचनका लागि नगरपालिकाको मेयर र उपमेयरको चर्चा चलिरहेकै बेला राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रमको लैङ्गिक विकास सहायक पदमा कार्यरत विना भट्टराईको नाम नेकपा एमालेबाट ठाकुरबाबा नगरपालिकामा उपमेयर पदमा पहिलो नम्बरमा सिफारिस भएको छ ।

ठाकुरबाबा नगरपालिकाका अधिकांश वडाका गाउँ, चोक चौतारा, चिया पसलमा यतिबेला उपमेयरमा विना भट्टराईको नाम चर्चामा छ, विना जी त चुनाव जित्न सक्ने उम्मेदवार हो, भन्ने चर्चा पनि चलिरहेको छ । लैङ्गिक विकास सहायक पदमा कार्यरत उहाँले समाजमा काम गरेकाले पनि उहाँलाई सबैले राम्ररी चिनेका छन् । त्यसैले पनि उहाँ बलियो उम्मेदवारको रुपमा परिचत हुनुभएको हो ।

तर विना भट्टराईको नाम उपमेयर पदको चर्चामा आईरहँदा चुनावी प्रचार प्रसारमा केही ठाउँमा पुगेपनि उहाँले राजिनामा दिएर पनि अहिलेसम्म स्विकृत नभएका कारण हो अथवा उहाँले राजिनामा नै नदिएको हो, यतिबेला दुबिधा भएको बताईएको छ ।

कार्यालयका प्रमुख अम्बीका प्रसाद खतिवडाका अनुसार कर्मचारी विना भट्टराईको नाम उपमेयरमा सिफारीस भएको रहेछ, उहाँले मौखीक रुपमा बर्दिया सहित काठमाण्डौँ कार्यालयमा समेत राजिनामा दिने कुरा भन्नुभएको छ, तर लिखीत राजिनामा कार्यालयमा आएको छैन, आईतवार दिउस सम्म लिखितमा आउन सक्छ कार्यालयका प्रमुख खतिवडाले भन्नुभयो ।

नगरपालिकामा एमाले पार्टीले उपमेयरका लागि सिफारीस गर्ने चर्चा छ नी ? जागीर के गर्नु भयो, राजिनामा दिनुभयो ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, राजनितिमा आउने मनासाय त होे, हेरौँ के हुन्छ, यदी मेरो नाम पार्टीले सिफारीस गरेमा राजिनामा दिन्छु भन्ने सोँच बनाएकी थिँए, पार्टीले सिफारीस पनि गर्यो, त्यसैले राजिनामा दिएकी छु प्रकृयामा छ, अहिलेलाई धेरै नबोलौँ उहाँले भन्नुभयो ।

२०७४ साल सुरु भएपछि एकदिन मात्रै उहाँ कार्यलयमा उपस्थित भएको पाईएको छ । बिरामी भएर हो वा चुनावी माहौलको व्यस्तताले हो, उहाँ कार्यालयमा उपस्थित हुन सक्नु भएको छैन । तर नगरपालिकाको उपमेयरका लागि नाम सिफारीस भएपछी उहाँले राजिनामा दिएका कारण राजिनामा प्रकृयामै रहेकाले कार्यालयमा उपस्थित नभएको बताईएको छ ।

राष्ट्रिय प्रकृती संरक्षण कोषको कर्मचारी प्रशासन र आर्थिक प्रशासन सम्बन्धि विनियम २५३ दोस्रो संसोधन २०६६ को परीच्छेद १ (ङ) अनुसार कोषका कुनैपनि कर्मचारीले चुनावमा कुनै उम्मेदवारको पक्ष वा विपक्षको अभियानमा र राजनितिमा भाग लिनु हुदैन ।

तर कानुनद्धारा मत दिन पाउने अधिकारमा वा त्यस्तो अधिकारको उपयोग गर्नमा भने यस विनियमले बाधा नपुर्याउने उल्लेख रहेपनि भट्टराईले राजिनामा दिएर पनि स्विकृत भयो भएन खुल्न सकेको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया