राष्ट्रिय जनमोर्चाले बाँकेका सबै स्थानीय तहमा उम्मेदवारी घोषणा गरेको छ ।

राष्ट्रिय जनमोर्चाको कन्द्रीय निर्णय अनुसार नेपालगन्ज उपमहानगरपालिकामा कृष्णराज पाण्डे प्रमुख र माला केसीलाई उपप्रमुखको उम्मेदवार बनाइएको छ । त्यस्तै कोहलपुरमा नगरपालिकाको प्रमुखमा बालकुमारी आचार्य र उपप्रमुखमा गिताराम कंडेललाई उम्मेदवार बनाइएको छ ।

खजुरा गाउँपालिका अध्यक्ष पदमा मोमिना खातुन, उपाध्यक्षमा मान बहादुर भण्डारी, डुडुवा गाउँपालिकामा शैजात अलि नाउ, उपाध्यक्षमा सीता अधिकारी, नरैनापुर गाउँपालिकामा नुर मोहम्मद खाँ, उपाध्यक्षमा समसम जोलाहिन, राप्ती सोनारीमा राजु चौधर, बैजनाथ गाउँपालिकामा मन बहादुर वि.क., उपाध्यक्षमा प्रतिमा आचार्य र जानकी गाउँपालिकामा एलित्रा खातुलाई उम्मेदवार बनाउने निर्णय राष्ट्रिय जनमोर्चाले गरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया