‘सहमति नभए ३ उम्मेदवार सिफारिस गर’, एमाले बाँके

नेकपा एमाले, बाँकेले सर्वसम्मत हुन नसकेका ठाउँमा बढीमा तीन जनाको नाम सिफारिस गर्न तल्लो कमिटिलाई निर्देशन जारी गरेको छ ।

पार्टी अध्यक्ष अशोक कोइरालाको अध्यक्षतामा मंगलबार बसेको बैठकले ३० गतेभित्र वडाबाट गाउँपालिका र चार गतेभित्र गाउँपालिकाले जिल्लामा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो । बैठकले पार्टी अध्यक्ष कोइरालाको संयोजकत्वमा चार हजार दुई सय पचास सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ ।

त्यस्तै, सचिव रत्न खत्रीको संयोजकत्वमा घोषणा पत्र, प्रचार विभागका प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा प्रचार प्रसार, अशोक कर्मचार्यको संयोजकत्वमा आर्थिक र अब्दुल हुसेन खाँको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया