नामैले जानौं वडालाई ।
तपाईलाई गाउँपालिकाको नाम त थाहा छ । आफ्नो वडाको नाम नि ।
पुरानो गाविस संरचनामा वडालाई संख्याको आधारमा चिनिन्थ्यो । अर्थात वार्ड नं. १, २ आदि । स्थानीय तह कार्यान्वयनसंगै हरेक गाँउपालिका भित्र रहेका आफ्ना वडाहरुको समेत नामाकरण गरिएको छ । साविकका गाविसहरु नै अहिलेका वडाका रुपमा रहेका छन् ।
विभाजित नभएका साविकका गाविसहरु नै नया गाँउपालिकाका वडा हुन् । नयाँ वडाहरुलाई वडा नं.का आधारमा नभई नामका आधारमा चिन्नुपर्ने छ । यसैले साविकको गाविस २ वा सो भन्दा बढि वडामा विभाजित बनेकाको हकमा नयाँ बनेका वडाहरुको समेत नामाकरण गरिएको छ ।
बाँकेमा साविकका कम्दी, बागेश्वरी, उढरापुर, बैजापुर, महादेवपुरी र फत्तेपुर गाविसहरु विभाजित भई २ वडामा विभाजित भएका छन् । यसैगरि नौवस्ता र बनकटवा भने ३ वडामा विभाजित भएको छ । ति सबै वडाहरुको नया नाम राखिएको छ ।
साविकको कम्दीको १,२,३,४,५,६ र ८ वार्डलाई कम्दी र वार्ड नं. ७ र ९ लाई जव्दहवा बनाइएको छ । बागेश्वरी गाविसको ४,५,६,८ र ९ वडाहरु बागेश्वरीमा र १,२,३ र ५ लाई कालिका वडा नामाकरण गरिएको छ । उढरापुरमा उढरापुर र नारायणपुर, नौवस्तामा नौवस्ता, डिगिया र बनियाभार, बनकटवामा अरनिको, पेडारी र सम्झना, बैजापुरमा बैजापुर र भवानियाँपुर, फत्तेपुरमा फत्तेपुर र पनेरिया र महादेवपुरीमा महादेवपुरी र ओभरी नयाँ थपिएका वडाहरु हुन् ।
अब ठेगाना लेख्दा गाउँपालिकाको नाम, वडाको नाम समेत लेख्नुपर्छ । जस्तो तपाई खजुरा गाउँपालिकाको वार्ड नं. ३ मा बस्नुहुन्छ भने अब ठेगाना यसरी लेख्नुपर्ने हुन्छ, …………..नाम, गाउँपालिकाको नाम खजुरा कालिका वडा हुने छ ।