दलबाट कसरी लिने टिकट ?

स्थानीय तहको निर्वाचनमा विभिन्न आकांक्षीहरुले टिकटका लागि तछाँडमछाँड गरिरहेका छन् ।
स्थानिय तह निर्वाचन सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०७३ का अनुसार, दलका आधिकारिक उम्मेदवार हुनका लागि त्यस्ता उम्मेदवारलाई औपचारिक पत्र दिएको हुनु पर्ने व्यवस्था गरेको छ । औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको दलको पदाधिकारीले आफ्नो दस्तखत सहित त्यस्तो पत्रको एक प्रति निर्वाचन अधिकृतलाई समेत पठाउनु पर्ने छ ।

सोहि ऐनको दफा १८ मा दलको आधिकारिक मनोनयनपत्र प्रमाणित गर्ने अधिकारी सम्बन्धी व्यवस्था रहेको छ । दलको तर्पmबाट यस्तो अधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमुना केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले तोकेको पदाधिकारीले प्रमाणित गरी उम्मेदवारको लागि मनोनयनपत्र दाखिला गर्ने अन्तिम मिति भन्दा कम्तीमा पन्ध्र दिन अगावै आयोगलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।

आयोगले त्यस्तो विवरण मनोनयनपत्र दर्ता गर्न तोकिएको मिति अगावै सम्बन्धित निर्वाचन अधिकृत समक्ष पठाउने छ । यस विपरित मनोनयनपत्र दाखिला भएकोे अवस्थामा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रुपमा मान्यता नदिइने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया