खजुरामा तरकारी संकलन केन्द्र

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा तरकारी संकलन केन्द्रको स्थापना गरिएको छ । सीतापुर बाबास्थानमा सुर्योदय तरकारी संकलन केन्द्रको बिहिवार स्थानीय अगुवा नन्दलाल रोकायले उद्घाटन गरे ।

संकलन केन्द्रका अध्यक्ष कर्णबहादुर बुढाक्षेत्रीका अनुसार संकलन केन्द्रका सुरुमा प्रत्येक शनिबार तरकारी हाटबजार संचालन गरिने भएको छ ।

सीतापुर क्षेत्रमा बिषादीरहित अर्गानिक तरकारी उत्पादन हुने गरेको छ , संकलन केन्द्रका अध्यक्ष बुढाक्षेत्रीले भने,– संकलन केन्द्रमा अर्गानिक तरकारी मात्रै बिक्रिबितरणमा लागि राखिनेछ । अर्गानिक तरकारी खाऔं, स्वस्थ बनौं भन्ने नाराका साथ सीतापुरमा तरकारी उत्पादन बढाँउदै युवालाई ब्यावसायिक तरकारी खेतीमा आकर्षित गर्ने संकलन केन्द्रको लक्ष्य रहेको छ ।

गैरसरकारी संस्थाको आर्थिक सहयोगमा सुर्योदय सामुदायिक कृषि सहकारी संस्थाको आतिथ्यतामा बिहिवार तरकारी संकलन केन्द्रको उद्घाटन गरिएको हो ।

कार्यक्रममा कृषि सहकारीका अध्यक्ष भद्रप्रसाद देवकोटा, कृषि सेवा उपकेन्द्र परस्पुरका अमरराज आचार्य, श्याम थापा मगर, भरत नेपाल लगायतले शुभकामना मन्तव्य राख्दै ब्यावसायिक कृषि उत्पादनमा जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया