कार्कि गाउँमा सिंचाइ आयोजना निर्माण

नेपालगन्जन्यूज । जाजरकोटको कार्कि गाउँमा सिंचाइ आयोजना निर्माण भएको छ । आयोजनाको निर्माण समुदायको सहभागितामा सामुदायिक विकास कार्यक्रमले गरेको हो ।

आयोजनाको निर्माणको कुल लागत रु. १० लाख ५६ हजार ६ सय ५१ रहेको जानकारी हिमालयन सिंचाइ आयोजनाको अध्यक्ष गणेश कार्किले बताए । यस मध्ये समुदायले १ लाख १ हजार ४ सय ५५ रुपैयाको योगदान गरेका थिए ।

आयोजनाबाट ४० घरधुरीका ५ सय ८७ रोपनी खेतीयोग्य जमीनमा सिंचाइ पुग्ने हिमालयन सिंचाइ आयोजनाका अध्यक्ष कार्किले नेपालगन्जन्यूज संग बताए ।

आयोजना निर्माण पौष २७ गते शुरु भएर चैत्रको अन्तिम साता सम्पन्न भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया