११ प्रतिशत घरधुरि आधारभूत सुविधाबाट विमुख
बाँके जिल्लाका प्रत्येक ११ घरधुरि मध्ये १ घरधुरिमा रेडियो, साइकल, मोवाइल, टिभि, केवल, कम्प्युटर, मोटर, मोटरसाइकल लगायतका कुनै पनि घरायसी सुविधाहरु छैनन् ।
जिल्लाको नरैनापुर गाउँपालिकाका २९ प्रतिशत, राप्ती सोनारी र जानकीका १२ प्रतिशत, डुढुवा र खजुराका ११ प्रतिशत, बैजनाथपुर गाउँपालिका र नेपालगंज उपमहानगरपालिकाका ८ प्रतिशत र कोहलपुर नगरपालिकाका ७ प्रतिशत घरधुरिहरु आधारभूत घरायसि सुविधा विहिन छन् ।
जिल्लाको कुल घरधुरि ९४ हजार ६ सय ९३ घरधुरि मध्ये १० हजार २७ घर धुरिमा यि सुविधाहरु नरहेका हुन् ।
पछिल्लो जनगणना २०६८ का अनुसार, बाँकेमा सब भन्दा वढि घरायसी सुविधाका वस्तु मध्ये साइकल रहेको छ । साइकल ६३ हजार १ सय १३, मोवाइल ५७ हजार ६३, रेडियो ३५ हजार ६ सय ५१ र टिभि ३५ हजार ७९ घरधुरिमा रहेको छ । यसैगरि केवल टिभि १७ हजार ४ सय ३१, मोटरसाइकल ९ हजार ४ सय ८५, कम्प्युटर ४ हजार ६ सय ४, टेलिफोन ५ हजार ६ सय ६४ र मा र रेफ्रिजेरेटर ८ हजार ७ सय ६७ घरधुरिमा छन् । इन्टरनेटको सुविधा १ हजार ५ सय ४३, मोटर १ हजार ३ सय १५ र अन्य सवारी साधन ६ सय ५ घरधुरिमा रहेको छ ।
कहाँ के सुविधा छ हेरौं ।