‘शून्य बाँकी फाइल सप्ताह ‘मा नटुंगिएका फाइलबारे गुनासो गर्न सरकारको आह्वान

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘शून्य बाँकी फाइल सप्ताह’ अभियानका क्रममा फर्स्योट हुन नसकेका फाइलसम्बन्धी गुनासो दर्ता गर्न सबै सरोकारवालासँग आह्वान गरेको छ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालन गरिएको उक्त विशेष अभियानका क्रममा तीनै तहका सरकारी निकायमा बाँकी रहेका फाइलबारे कुनै जानकारी वा गुनासो भए उपलब्ध गराउन अनुरोध गरेको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार सेवाग्राहीले आफ्ना गुनासा ‘हेलो सरकार’ शाखामार्फत दर्ता गराउन सक्नेछन्। यसका लागि टोल-फ्री नम्बर ११११, अनलाइन पोर्टल तथा अन्य उपलब्ध माध्यम प्रयोग गर्न सकिने शाखा अधिकृत नेत्रप्रसाद पोखरेलले जानकारी दिनुभयो।

प्रशासनिक ढिलासुस्ती अन्त्य गरी सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले यो अभियान सञ्चालन गरेको हो।

प्रतिक्रिया

प्रतिक्रिया