राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख ८ गतेको बैठकको सिफारिसका आधारमा सङ्घीय संसद् भवन, सिंहदरबारमा दुवै सदनको अधिवेशन बोलाइएको हो।


