चौतर्फी आलोचना बढेपछि गृहमन्त्री सुधन गुरुङले अन्ततः पदबाट राजीनामा

चौतर्फी आलोचना बढेपछि गृहमन्त्री सुधन गुरुङले अन्ततः पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबारमा जोडिएको आरोपपछि दबाबमा परेका उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका गुरुङ सुरुवाती दिनमा कडा कदमका कारण चर्चामा थिए, तर पछिल्लो समय भने विवादमा तानिँदै आलोचित बन्दै आएका थिए। उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि उनले राजीनामा दिने निर्णय लिएका हुन्।

प्रतिक्रिया

प्रतिक्रिया