राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिँदै अधिवेशनको तयारी तीव्र बनाइएको बताए।
साथै, भोलि (सोमबार) बस्ने केन्द्रीय समिति बैठकमा सचिवालय बैठकले तय गरेका एजेन्डाहरू अनुमोदन गर्ने कार्यसूची रहेको छ।








