नदिबाट तीनको उद्धार

राप्ती नदिमा फसेका तीन जनाको सशस्त्र प्रहरी टोलीले सकुशल उद्धार गरेको जनाएको छ ।

गाईवस्तु चराउन गएका उनीहरु बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच टापुमा फसेका थिए ।

सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शम्शेरगन्ज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बुधबारनै सकुशल उद्धार गरेको जानकारी दिए ।

उद्धार गरिएकाहरुमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन् ।

प्रतिक्रिया

प्रतिक्रिया