मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-६ सिमाघाटमा बाट तम्घास आउँदै गरेको लु९७प ७४७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा दाङको गडवा गाउँपालिका-३ बस्ने २७ वर्षका निशान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए  ।

इन्द्र एम के जेबिमा सब इन्जिनियरको रुपमा कार्यरत चौधरीले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको मोटरसाइकल बाटो छेउको नालिमा पल्टिएर उनको घटना स्थलमै मृत्यु  भएको डिएसपी सारुले बताए ।

घटनाबारे अनुसन्धानको लागि प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमान्डमा प्रहरी खटिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया