थ्री नेसन्स कप: दीपकको गोलले जोगियो नेपाल

नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । भुटानविरुद्ध १–१ को बराबर खेल्दै नेपाल हारबाट जोगिएको हो ।


अन्तिम समयमा दीपक राज सिंह ठकुरीले गोल गरेपछि नेपाल भुटानसँग बराबरी खेल्दै नेपाली टोली फाइनल खेलका लागि जीत हासिल गरेको थियो । यसैसाता नेपाली राष्ट्रिय टिममा ‘डेब्यू’ गरेका बाँके खजुराका खेलाडी दीपक जीतका महत्वपूर्ण हिस्सेदार बने ।


पहिलो हाफमै अग्रता लिएको भुटानविरुद्ध फितलो प्रदर्शन गर्दै हारतर्फ उन्मुख देखिएको नेपाली टोलीले अन्तिम समयमा गोल गरेको थियो ।


दोस्रो हाफको सुरुवातमा प्रशिक्षक अनेसेले नवयुग श्रेष्ठको स्थानमा मनिष डाँगीलाई मैदान पठाए । तर खेल सुचारु भएको दोस्रो मिनेटमै अन्जन विष्ट गोलरक्षकसँग जुध्दा घाइते हुँदै मैदान छाड्न बाध्य भए । उनको स्थान दीपक राज सिंह ठकुरीले लिए ।

९० औं मिनेटमा दीपकले नेपालका लागि बराबरी गोल गरे । निशान खड्काको कर्नरमा अनन्त तामाङले दिएको हेडरलाई दीपकले गोलमा परिणत गरेका थिए ।


अब नेपाल र लाओस फाइनल खेल्ने भएका छन् । नेपाल ४ अंकसहित शीर्षस्थानमा रहँदा लाओस ३ अंकले दोस्रो भएको हो । भुटान १ अंक जोड्दै समूह चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया