राष्ट्रिय बाघ कार्यशाला गोष्ठी बर्दियामा

दीपकलाल श्रेष्ठ 

बर्दिया, ठाकुरद्वारा। बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा चैत्र ११ गते शनिबारदेखि तीनदिने बाघ सम्बन्धी राष्ट्रिय गोष्ठी देखि सुरु भएको छ ।

गोष्ठीमा देश भित्रका निकुञ्जका प्रतिनिधि साथ देशका बाघ सम्बन्धित कार्य गर्ने संघ संस्थाका प्रतिनिधि को प्रतिनिधित्व रहेको छ ।

कार्यक्रमा निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकालले बाघको संरक्षण नै प्रमुख चुनौती रहेको र अबका दिनमा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पीडित परिवारलाई आश्रित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु पर्ने उनले बताए। 

स्थानीय समुदायको संरक्षण र जीवनस्तर कसरी माथि उठाउने भन्ने विषय पनि अबको मुख्य सवाल बन्नुपर्ने महानिर्देशक ढकालको भनाइ छ ।

कार्यक्रममा सम्बोधन गर्दै महानिर्देशक डा. ढकालले राहतसँगै बिमा योजना लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

 बाघको आक्रमण हुनसक्ने स्थानहरूमा क्यामेरा लगायतका उपकरण जडान गरी प्रभावकारी रूपमा बाघको ट्र्याकिङ गर्न जरुरी रहेको वन मन्त्रालयका सह-सचिव डा. रामचन्द कँडेलले बताए ।

लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव उद्धव घिमिरेले स्थानीय सरकारहरूले समेत मानव वन्यजन्तु व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । 

ठाकुरबाबा नपा का नगरप्रमुख तिलक लम्सालले बाघको उचित स्थान बर्दिया रहेको भए पनि अब बर्दियाको जङ्गलमा के कति बाघ को संख्या रहन सक्छ यसको अनिवार्य वैज्ञानिक अध्ययन गर्नु बताए। सन २०१८ पछि निरन्तर बाघबाट मानवीय क्षति बढ्नुको कारण को अध्ययन गर्नुपर्ने समेत लम्सालले भने । मध्यवर्ती क्षेत्रका स्थानीयलाई दिगो आयमुलक आय आर्जनका व्यवसाय गर्न तिर प्रोत्साहन गर्न समेत लम्सालले अनुरोध गरे ।

गोष्ठीमा डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले एकीकृत बस्ती व्यवस्थापन गर्न तिर पनि ध्यानाकर्षण गराए। उनले पथ्थरबोझी र डाँडागाउँ स्थानान्तर तिर समेत ध्यान दिनुपर्ने बताए। 

कार्यशाला गोष्ठीमा विश्व वन्यजन्तु कोषका डा. शान्तराज ज्ञवाली, पर्सा चितवन बाँके र बर्दियाका प्रमुख संरक्षण अधिकृत, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया