थपुवामा लाइफलाइनको उपचार शिविर

लाइफलाइन जनरल हस्पिटल नेपालगन्जको प्राविधिक सहयोगमा छाना कृषि सहकारी संस्था लिमिटेडले नेपालगन्ज– २० थपुवामा प्राथमिक उपचार शिविर सन्चालन गरेको छ ।

शनिवार गरिएको शिविरबाट १ सय ९६ जनाले सेवा लिएका छन । शिविरमा लाइफलाइन जनरल हस्पिटल नेपालगन्जका जनरल फिजिसियन डा. पारस श्रेष्ठ र क्रिष्टिना नामोक श्रेष्ठले उपचार सेवा प्रदान गरे ।

वडा नम्बर २० मा पनि विकट मानिने क्षेत्रमा गरिएको स्वास्थ्य शिविरमा सेवा लिन आउनेहरुमा डाडहरु दुख्ने , सुगर प्रेसरका विरामिहरु, छालाका विरामि, पाठेघर सम्बन्धि समस्या भएका, नाक कान घाँटीका समस्या भएका विरामीहरु रहेको छाना कृषि सहकारी संस्थाका अध्यक्ष अनिता भण्डारीले जानकारी दिइन् । सहकारी र लाइफलाइन जनरल हस्पिटलका कारण आफुहरुले घरदैलो मै स्वास्थ्य सेवा लिन पाएको भन्दै खुशी व्यक्त गरे ।

भेरि अस्पतालमा डायलासिस विभाग प्रमुख समेत रहेका फिजिसियन डा. पारस श्रेष्ठले पाठेघर सम्बन्धि समस्या भएका विरामी, नाक, कान, घाटि सम्बन्धि समस्या भएकाहरुलाई अस्पतालमा रिफर गरिएको बताए । अन्य सामान्य समस्या भएकाहरुलाई लाइफलाइन हस्पिटलले औषधि समेत निशुल्क वितरण गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया