‘सीमापारी जान रोक’

‘नेपालगन्जका बजार सुनसान हुने, सीमापारी रुपैडिहा नेपाली उपभोक्ताबाट भरिभराउ किन हुन्छ ?’, नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीलाई शुक्रबार प्रश्न तेस्र्याइयो ।

 
नन्दलाल वैश्यको अध्यक्षतामा निर्वाचित कार्यसमितिले एक बर्ष पूरा गरेको अवसर पारेर अन्तरक्रिया आयोजना गरेको
हो । अन्तरक्रियामा विभिन्न वक्ताहरुले उपभोक्ताको सीमापारी बजार प्रति आकर्षणको वास्तविकता पत्ता लगाउन जोड दिए । ‘उपभोक्ता किन सीमापार मात्रै आकर्षित भैरहेका छन्, विश्लेषण गर्न जरुरी छ’, बा“केका सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले भने ।

 

 
काग्रेस बाकेका सभापति किरण कोइरालाको प्रश्न पनि त्यही थियो । ‘उपभोक्तालाई नेपालगन्ज बजारमै टिकाइ राख्ने तिर संघको नेतृत्वले गम्भीर पहलकदमी लिनुपर्छ’, सभापति कोइरालाले भनिन् । अन्य वक्ताहरुले पनि संघले उद्योगी, व्यवसायीहरुको पेशागत हित प्रवद्र्धनमा केन्द्रित रहन नेतृत्वको ध्यानाकर्षण गराए ।

 
सहायक प्रजिअ लामिछानेले सेवा व्यापार भन्दा उत्पादन मूखि उद्योगमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुको ध्यानाकर्षण पनि गराए । उनले मिसावट विरुद्ध सजगताका लागि अनुगमनलाई तिव्रता दिइने पनि जानकारी दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक महेश विक्रम शाहले ‘नेपालगन्जको मौलिक उत्पादनलाई ब्रान्डिङ्ग गर्न’ सुझाव दिए । ‘राबडी नेपालमै चर्चित छ’,शाहले भने, ‘नेपालगन्जको राबडीलाई ब्रान्डिङ्ग गराउने तिर किन ध्यान नदिने ?’

 
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य अच्युत प्रसाई लगायतले संघका गतिविधिलाई प्रभावकारी बनाएर अगाडी बढ्न वैश्य नेतृत्वलाई सुझाव दिए । संघका उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले चाडपर्वका मुखमा मात्र गरिने अनुगमनले व्यवसायीलाई सास्ती मात्र दिने गरेको टिप्पणी गरे । जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कवि श्यामानन्द सिंहले रचना सुनाएका थिए भने माओवादी नेता अतहर हुसेन फारुकी, पत्रकार झलक गैरेले धारणा राखेका थिए ।

 
अध्यक्ष वैश्यले आफ्नो एक बर्षे कार्यकालको समिक्षा गर्दै बा“की कार्यकाललाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता
जनाए । अध्यक्ष वैश्यले बहुउद्देश्यीय सभागृह निर्माणको मिसनलाई तिव्रता दिइने जानकारी दिंदै विभिन्न देशका व्यापारीहरुको प्रतिनिधित्व हुने गरी औद्योगिक महोत्सव आयोजना गर्ने योजना सुनाए । कार्यक्रमको सञ्चालन महासचिव अजय टण्डनले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया